ट्रम्पको अाजवाट पहिलो औपचारिक विदेश भ्रमण साउदीवाट, साउदीले अमेरिकामा १ ट्रिलियन लगानी गर्ने

Nepal Life

 

वासिंगटन डिसी, ३० बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आजबाट साउदी अरबको भ्रमणमा जाने भएका छन् ।

Nepal life insurance

दोस्रो पटक राष्ट्रपति बनेपछि ट्रम्पको यो पहिलो औपचारिक विदेश भ्रमण हो । यसअघि उनी पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागी हुन अप्रिल २६ मा भ्याटिकन सिटी पुगेका थिए ।

ट्रम्पले मे १३ मा साउदीको राजधानी रियादमा युवराज मोहम्मद बिन सलमान (एमबीएस) सँग भेट गर्नेछन् । त्यसपछि उनले मे १४ मा खाडी नेताहरुको शिखर सम्मेलनमा सहभागी हुन कतार जानेछन् । ट्रम्प आफ्नो भ्रमणको अन्तिम दिन मे १५ मा युएई पुग्नेछन् ।

खासमा अमेरिकाको राष्ट्रपति बनेपछि क्यानडा, मेक्सिको वा कुनै पनि युरोपेली देश घुम्ने पुरानो चलन रहेको छ । तर, सन् २०१७ मा राष्ट्रपति बनेपछि ट्रम्पले सबैभन्दा पहिले साउदी अरेबिया पुगेर यो परम्परा तोडेका थिए ।

दोस्रो पटक राष्ट्रपतिको रूपमा सपथ लिए पछि ट्रम्पले पहिलो व्यक्तिलाई साउदी राजकुमार एमबीएसलाई अमेरिका बोलाएका थिए । दुई नेताले मध्यपूर्वमा स्थायित्व ल्याउने, क्षेत्रीय सुरक्षा सुदृढ गर्ने र आतंकवादविरुद्ध लड्ने प्रयासबारे छलफल गरेका थिए।

images

यस पछि साउदी सरकारले विज्ञप्ति जारी गर्दै आफ्नो देश आगामी चार वर्षभित्र अमेरिकामा ६०० अर्ब डलर लगानी गर्न तयार रहेको बताएको थियो । यद्यपि, ट्रम्पले भनेका थिए कि उनी यसलाई बढाएर १ ट्रिलियन डलरमा पुर्‍याउन चाहन्छन्, जसमा थप अमेरिकी सैन्य उपकरण खरिद पनि समावेश रहेको छ। साउदीको सार्वभौम सम्पत्ति कोष र सार्वजनिक लगानी कोष (पीआईएफ) मा ९२५ बिलियन रकम छ।

images

साउदीले यस कोषमार्फत अमेरिकामा धेरै लगानी गरिसकेको छ। साथै, युएईले पनि आगामी १० वर्षमा अमेरिकाको एआई, सेमिकन्डक्टर, ऊर्जा र पूर्वाधार क्षेत्रमा १.४ ट्रिलियन डलर लगानी गर्ने इच्छा पनि व्यक्त गरेको छ ।

ट्रम्पले आफ्नो पहिलो कार्यकालमा साउदी अरेबियालगायत खाडी मुलुकसँग राम्रो सम्बन्ध स्थापना गरेका थिए । ट्रम्पले पद छोडेपछि पनि साउदी अरेबियाले ट्रम्पका ज्वाइँ र पूर्व सहयोगी जारेड कुशनरको फर्ममा २ अर्ब डलर लगानी गरेको थियो।

images

उता, कतारले ट्रम्पलाई ५५ अर्ब मुल्यको बिशेष बिमान जेट उपहार दिदैँछ।

जमाल खशोग्गीको हत्यापछि साउदी अरेबिया र अमेरिकाबीचको सम्बन्ध प्रभावित हुँदा कुश्नरले त्यसलाई सम्हाल्न सहयोग गरेको दाबी धेरै रिपोर्टहरूले गरेका छन्।

ट्रम्पले साउदी अरेबियाको यो भ्रमण यस्तो समयमा गर्दैछन् जब उनको ट्यारिफले विश्वभर अशान्ति मच्चाएको छ। अमेरिकाको आर्थिक उत्पादन यस वर्षको पहिलो तीन महिनामा घटेको छ, जुन पछिल्लो तीन वर्षमा पहिलो गिरावट हो।

Nepal life insurance

Nepal life insurance