भिडियोमा देखियो चड्कन, भिडमा हरायो आत्मसम्मान

Nepal Life

 

काठमाडौँ, ३१ बैशाख । नागढुंगाको सडकमा धुवाँ र चिसो मिसिएको थियो। पहाड काटेर बनेको त्यो सडक, सधैंजस्तै भीड थियो। ट्राफिक सहायक हवल्दार रमेश (नाम परिवर्तित) हरेक दिनझैं ड्युटीमा खटिएका थिए , पोशाक लगाएर, सिटी सम्हालेर, मनमा जिम्मेवारीको भारी बोकेर।

सडकमा ट्राफिक प्रहरीहरू, गाडीहरूको चाप व्यवस्थापन गर्नमा व्यस्त थिए। जस्तै सामान्य दिनहरूमा हुन्छ, सहायक हवल्दार पनि आफ्नो पोशाकमा ढुंगाजस्तै अनुशासित भएर खटिइरहेका थिए।

Nepal life insurance

तर त्यो दिन फरक भयो।

एक्कासी एक आवाज आयो चर्को, आदेशात्मक। ट्राफिक प्रहरी वृत्त नागढुंगाका प्रमुख, निरीक्षक जितेन्द्र साह, तेज कदममा अघि बढ्दै आए। अनुहारमा रिसको रेखा त थियो नै, आँखामा त्यसको चिन्गारी पनि। उनी सिधै हवल्दारतिर गए। सहायक हवल्दार केही भन्न नपाउँदै, साहको हातको चड्कन उनको अनुहारमा बज्रियो ।

रमेशले बुझ्न सकेनन्, आफ्नो कुनै गल्ती भयो कि ? उनले गाडी रोकेका थिए, चालकसँग कुरा गरिरहेका थिए, त्यसैबीच आवाज आयो ।

images

 

“हवल्दार ! के गर्दैछौ तिमी?”

images

उनी फर्किए, डराए। केही बोल्न नपाउँदै, चुँडिएको बिजुलीझैं एक चड्कन बज्यो, रमेशको अनुहारमा, आत्मसम्मानमा।

उनको गाला रातो भयो, आँखा रसाए। तर आँसु खस्न दिएनन्, त्यो पोशाकले आँसु सहँदैन।

images

त्यो चड्कनले गाडीको आवाजभन्दा ठूलो प्रतिध्वनि दिएको थियो। मान्छेहरूको मनभित्र। कोही चुपचाप हेरे, कोही मोबाइल निकालेर भिडियो खिच्न थाले। केही मिनेटमै त्यो भिडियो सामाजिक सञ्जालमा फैलियो, आगोले झुस्सिएको झारजस्तै।

सहायक हवल्दार मौन थिए, अनुहार झुकाएको, शायद अनुशासनको कारण, शायद डरको कारण, वा शायद अपमानले शब्दै हराएको थियो।

ट्राफिक प्रहरीले अनुशासन र सेवा भावको प्रतीक मानिन्छ। तर जब नेतृत्वले नै आफ्नो मातहतमाथि हात उठाउँछ, त्यो अनुशासन कता जान्छ ? त्यो मर्यादा कुन कुनामा लुकेर बस्छ ?

Nepal life insurance

 

सोधिरहेका छन् आमनागरिक, “यो कुन प्रकारको नेतृत्व हो?”

नागढुंगाको त्यो बिहान अब सामान्य रहेन। त्यो चड्कन अब केवल एक व्यक्तिको गालामा परेको हात होइन, त्यो सम्पूर्ण संगठनको आन्तरिक आवाजमाथि परेको चड्कनजस्तै महसुस हुन थाल्यो।

तर रमेश चुपचाप रहे। किनकि उनी एक प्रहरी थिए । जसले न्याय दिन सक्छ, तर आफूले पाउँदैन।

त्यो साँझ, ड्युटी सकिएपछि उनले आफ्नो डायरी खोले। लेखे :- “आज गालामा होइन, मनमा बज्यो चड्कन। अनि प्रहरी हुनुको मूल्य थाहा भयो, मौन बस्नु।”

 

Nepal life insurance