शेख हसिनाको अभिनय गर्ने अभिनेत्री ढाका बिमानस्थलवाट पक्राउ

Nepal Life

 

ढाका, ५ बैशाख । बंगलादेशमा राजनीतिक उथलपुथलका बीच चर्चित अभिनेत्री नुसरत फारिया थाइल्यान्ड जाने तयारी गर्दै गर्दा आइतबार ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेकी छन् ।

Nepal life insurance

फरियालाई गत २०२४ को विद्यार्थी आन्दोलनमा हिंसा भड्काएको र हत्याको प्रयासमा संलग्न भएको आरोप लगाइएको छ । अध्यागमन अधिकारीहरुका अनुसार वाटारा प्रहरी चौकीमा दर्ता भएको मुद्दामा फारिया विरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ ।

उनी बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगसँग सम्बन्धित गतिविधिमा संलग्न रहेको आरोप छ। जसलाई अहिले बंगलादेश सरकारले प्रतिबन्ध लगाएको छ ।

फारियामाथि शेख हसिनाका समर्थकहरूले सुरु गरेको प्रति आन्दोलनलाई आर्थिक सहयोग गरेको र हिंसात्मक झडपलाई अप्रत्यक्ष रूपमा समर्थन गरेको आरोप लगाइएको छ। यी आन्दोलनका क्रममा भएको हिंसाले देशभर अराजकता निम्त्याएको थियो, त्यसपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर भाग्नु परेको थियो भने अहिले उनी भारतमा शरण लिइरहेकी छिन् ।

खासमा नुसरत फारिया बंगलादेशकी प्रमुख युवा अभिनेत्रीमा गनिन्छिन् । उनले रेडियो जकीको रूपमा आफ्नो करियर सुरु गरेकी थिइन् र सन २०१५ मा बंगलादेश–भारत संयुक्त फिल्म ‘आशिकीः ट्रु लभ’ बाट अभिनयको संसारमा प्रवेश गरेकी थिइन् । उनको सबैभन्दा चर्चित भूमिका २०२३ को बायोपिक ‘मुजिबः द मेकिंग अफ नेशन’ मा थियो, जसमा उनले शेख हसिनाको भूमिका निभाएकी थिइन्।

यो फिल्मलाई प्रसिद्ध भारतीय निर्देशक श्याम बेनेगलले निर्देशन गरेका हुन् ।

 

Nepal life insurance