जब अमेरिकी महिला सांसदले बैठकमा आफ्नो नग्न तस्विर देखाइन्…

Nepal Life

 

 

काठमाडौं, ८ बैशाख । अमेरिकी संसदकी सदस्य न्यान्सी मेसले सदनमा केही गरेकी छन्, जसको चर्चा यतिखेर विश्वभर भइरहेको छ ।

Nepal life insurance

वास्तवमा उनले संसदमा आफ्नो नग्न तस्विर देखाएकी थिइन । उनले आफ्नो नग्न तस्विर देखाउँदै दावी गरिन कि उनको पूर्व मंगेतरले उनको सहमति बिना उनको फोटो गोप्य रूपमा क्लिक गरेका छन।

न्युयोर्क पोष्टका अनुसार यो तस्विर उनले हाउस ओभरसाइट कमिटी सत्रको समयमा देखाएकी थिइन, जब मेसले भिडियो भ्वायरिज्मविरुद्ध कडा कानूनको वकालत गरिरहेको थिए ।

साउथ क्यारोलिना कंग्रेस वुमनले भनिन्, ‘स्वतन्त्रता कुनै सिद्धान्त होइन। स्वतन्त्रता भनेको तपाईं सुत्दा तपाईंको अनुमति बिना कसैले तपाईंको तस्बिर खिच्नु हुँदैन। म एक सांसदको रूपमा मात्र होइन, पीडितको रूपमा बोल्दैछु।’

images

उनले पोस्टर आकारको कालो र सेतो फोटोहरू देखाएकी थिइन। उनले भनिन, ‘मेरो भिडियो बनाइँदैछ भन्ने मलाई थाहा थिएन। मैले सहमति दिएको पनि थिइनँ।’ सांसदले आफ्नी पूर्व मंगेतर प्याट्रिक ब्रायन्टले गोप्य रूपमा आफ्नो फिल्म खिचेको आरोप लगाएकी हुन् । तर बलात्कार र दुर्ब्याहारसहित गम्भीर यौन अपराध गरेको उनको थप आरोप पनि छ।

images

तर, उनको पूर्व मंगेतरले मेसको सो आरोप निराधार भएको बताएका छन् । ब्रायन्टले एक बयानमा भने, ‘मैले न्यान्सी मेसले गरेको झूटा र अपमानजनक दावीहरूलाई स्पष्ट रूपमा अस्वीकार गर्दछु, मैले कहिल्यै कसैलाई यौन दुर्व्यवहार गरेको छैन। मैले कहिल्यै कसैको अनुमति बिना फोटो खिचेको पनि छैन।’ ब्रायन्टले उल्टै मेसले आफ्नो पदको दुरुपयोग गरेको आरोप लगाएका छन् ।

मेसले आफ्नो आरोपबारे सार्वजनिक रूपमा बोलेको यो पहिलो पटक भने होइन। गत फेब्रुअरीमा उनले ब्रायन्ट र तिनका तीन व्यापारिक साझेदारहरूलाई उनी र अन्य महिला पनि कथित रूपमा नाबालिग केटीहरू विरुद्ध यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् ।

images

दक्षिण क्यारोलिना राज्य कानून प्रवर्तन डिभिजनले हाल मेसको दावीहरूको अनुसन्धान गरिरहेको छ। ब्रायन्टले आफूले अधिकारीहरूसँग पूर्ण सहयोग गरिरहेको बताएका छन्।

 

Nepal life insurance