एमालेवाट निर्वाचित वागमति प्रदेशका ३५९ वडा अध्यक्षहरूको भेला हुदैँ

 

काठमाडौं, ११ जेठ।  प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बागमती प्रदेशका निर्वाचित वडाअध्यक्षहरुको भेलालाई सम्बोधन गर्दै छन्।

प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार विहान ११ बजे प्रधानमन्त्री ओलीले भेलाको उद्ध्घाटन गर्नेछन्।

एमाले बागमती प्रदेश कमिटीले आज निर्वाचित वडाअध्यक्षहरुको भेला बोलाएको हो ।

ललितपुरको गोदावरी स्थित होटल  भ्यू भृकुटीमा आयोजना गरिएको भेलामा एमालेबाट निर्वाचित बागमतीका सबै वडाअध्यक्षहरु सहभागी हुने छन् ।

निर्वाचित जनप्रतिनिधीको सबैभन्दा तल्लो निकायका रुपमा वडाअध्यक्षहरुसँग एमाले र वर्तमान सरकारप्रति आम जनताको धारणा बुझ्ने र त्यसलाई सम्बोधन गर्न वडा तह देखि केन्द्रतहसम्म नै रणनीति बनाउने तयारी रहेको छ ।

बागमती प्रदेश इन्चार्ज डा.राजन भट्टराईका अनुसार पार्टीको संगठन विस्तारका लागि जनताका अपेक्षाहरु संकलन गरेर त्यस अनुसार नीति तथा कार्यक्रम तय गर्नका लागि वडाअध्यक्षहरुको भेला बोलाइएको हो ।

images

भेलामा बागमतीका १० वटा जिल्लाबाट एमालेबाट निर्वाचित ३५९ जना वडाअध्यक्षहरु सहभागी हुनेछन् । भेला आज र भोली सञ्चालन हुनेछ ।

images

 

Nepal life insurance

images