संगीतकार ज्योति प्रकाशको “छैन जुन आज” सार्वजनिक

 

काठमाडाैं, ११ जेठ । वरिष्ठ गीतकार रविन्द्र आशिष शैलीको “किन किन आकाशमा छैन जुन आज” हालै सार्वजनिक भएको छ । प्रेम,  पिडा, आशा र शून्यतालाई समायोजन गरी तैयार पारिएको गीतको भिडियो हालै काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी लोकार्पणसमेत गरिएको छ ।

Nepal life insurance

गीतकार संघ नेपालका अध्यक्ष बसन्त वित्यासी थापाको अध्यक्षतामा गरिएको लोकार्पणमा प्रमुख अतिथी वरिष्ठ गीतकार राजेन्द्र थापाले गीत अत्यन्त राम्रो र नेपाली सांगितीक श्रोताको मनमा बस्न सक्ने खालको बनेको बताए ।

परम्परागत कालजयी गीतको भावनालाई मर्न नदिनु र अहिलेको पुस्तालाई पनि समेटेर गीत लेख्ने गीतकार सधै चर्चाको शिखरमा रहने पनि वरिष्ठ गीतकार थापाले बताए । थापाले शैलीका शव्दलाई संगीतकार ज्योति प्रकाशले न्याय दिएका पनि बताए । अहिलेको यो पुस्तामा बन्ने गीत क्षणभरमै आउने क्षणमै हराउने भएकाले शैली र ज्योतिको परिश्रमको मिश्रण सदाबहार खालको भएको पनि बताए ।

गीतको बरिष्ठ गीतकार सुभासचन्द्र ढुंगेल, गीतकार संघ नेपालका पूर्व अध्यक्ष तथा गीतकार संघ नेपालका सल्लाहकार शुभ मुकारुङ, बरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल, संगीतकार ज्योति प्रकाश लगाएतले गीतको शव्दले भन्न खोजेको भावलाई व्याख्या गरेका थिए ।

ओएसआर डिजिटलबाट सार्वजनिक गीतमा स्वर भने राज सिग्देलको रहेको छ भने ज्योति प्रकाशले संगीत भरेका हुन । जयराम थापाले छायाकंन गरेका गीतको भिडियोको निर्देशन दिपेन्द्र प्रकाश केसीले गरेका छन् ।

म्यूजिक नेपाल रेर्कडिङमा रेर्कड गरिएको गीतको स्टुडियोमै छाँयाङ्कन गरिएको छ ।

 

 

छ ।

Nepal life insurance