पाकिस्तान सुपर लिग (पिएसएल): राजाले लाहोरलाई जिताए पाकिस्तान सुपर लिगको उपाधि

उपाधि जितेपछि लाहोर क्वालान्डर्सको खुशी । तस्बिरः क्रिकइन्फो

पाकिस्तान – कुशल परेरा र सिकन्दर राजाको सानदार ब्याटिङको सहयोगमा क्वेटा ग्लाडियटर्सलाई ६ विकेटले हराउँदै लाहोर क्वालान्डर्सले पाकिस्तान सुपर लिग (पिएसएल)को उपाधि जितेको छ।

कुनै पनि टी-२० प्रतियोगिताको फाइनलमा सबै भन्दा ठुलो रन पछ्याउँदै उपाधि हात पार्नका लागि अन्तिम तीन ओभरमा ४७ रन आवश्यक थियो। २०२ रनको लक्ष्य पाएको लाहोरले एक बल बाँकी रहँदा चार विकेटको क्षतिमा २०३ रन बनाउँदै उपाधि उचालेको हो ।

Nepal life insurance

विजयी टोलीका लागि कुशल परेराले ३१ बलमा ६२ तथा राजाले ७ बलमा २२ रन प्रहार गरे। उनले फहिन अस्राफको अन्तिम २ बलमा १० रन प्रहार गर्दै खेलको अन्त्य गरेका थिए। सबै भन्दा रोमाञ्चक त उनी फाइनल खेलको टस अघि मात्र पाकिस्तानको जमिनमा पाइला टेकेका थिए।

उनले टेन्ट ब्रिजमा जरी इङ्गल्यान्डसँगको टेस्टमा जिम्बाबेका लागि अर्धशतक प्रहार गरेको २४ घण्टा पनि भएको थिएन। त्यहीबाट उनी फाइनलका लागि पाकिस्तान पुगेका हुन्।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्वेटाले ९ विकेटको क्षतिमा २०१ रन बनाएको थियो। सो टोलीका लागि हसन नवाजले अविजित रहँदै ४३ बलमा ७६ रन जोडे। फहिन अस्राफले ८ बलमा २८ रन प्रहार गरे।

राजा फाइनल खेलका म्यान अफ द म्याच घोषित भए। यसैगरी नवाज प्लेयर अफ द सिरिज घोषित भए।

 

 

Nepal life insurance