अमेरिकावाट क्युवा, हाइटी, निकारागुआ र भेनेजुएलाका ५.३० लाख आप्रवासी निकालिने

 

अमेरिकावाट क्युवा, हाइटी, निकारागुआ र भेनेजुएलाका ५.३० लाख आप्रवासी निकालिने

वासिंगनटन डिसी, १८ जेठ । अमेरिकी सर्वोच्च अदालतले क्युवा, हाइटी, निकारागुआ र भेनेजुएलाका ५ लाख ३० हजार आप्रवासीको मानवीय पारोल अन्त्य गर्ने मागलाई अनुमोदन गरेको छ ।

Nepal life insurance

त्यसपछि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथमा एक पोस्ट पोस्ट गरे र लेखेका छन कि ‘अब निर्वासन सुरु गर्नुहोस्।’

अमेरिकाले ५ लाख बढी आप्रवासीलाई निकाल्ने « Kathmandu Pati

अदालतको सो अनुमतिसँगै आप्रवासीहरूको लागि निर्वासनको जोखिम बढाएको छ र उनीहरूको कानूनी स्थिति जोखिममा राखेको जनाइएको छ ।

यो कार्यक्रमले क्युबा, हाइटी, निकारागुआ, र भेनेजुएलाका मानिसहरूलाई मानवीय कारणहरू (जस्तै हिंसा, अस्थिरता, वा गरिबी) वा सार्वजनिक फाइदाका लागि संयुक्त राज्य अमेरिकामा अस्थायी रूपमा बस्न र काम गर्न अनुमति दिने गरिएको थियो । यसको सुरुवात पूर्व राष्ट्रपति जो बाइडेनले गरेका थिए ।

images

ट्रम्प प्रशासनले जनवरी २०२५ मा एक कार्यकारी आदेश मार्फत सो कार्यक्रम समाप्त गर्न निर्देशन दिएको थियो। लगत्तै मार्च २०२५ मा होमल्याण्ड सुरक्षा विभागले आधिकारिक रूपमा सिएचएनभी कार्यक्रम बन्द गरेको थियो ।

images

अदालतले अनुमति दिए पछि ५ लाख ३० हजार दक्षिणी अमेरिकी नागरिकहरू स्वदेश फर्कनु पर्ने भएको छ ।

Nepal life insurance

images