जापान । प्रवासी नेपाली मञ्च क्षेत्रीय समिति ,नागोया जापानको अन्तरक्रिया एवं BBQ कार्यक्रम गर्ने भएको मञ्चका उपाध्यक्ष मनोज खनाल जनाएका छन्।
कार्यक्रममा पहिलो सत्रमा मातृभूमिको पछिल्लो अवस्थाका बारेमा अन्तरक्रिया हुने र अन्तरक्रिया समापन पछि BBQ आयोजना हुने बताइएको छ। कार्यक्रममा उपस्थितिको लागि अहिलेसम्म पचास जनाले नाम लेखाई सकेका मञ्चका सचिव राम कुमार भण्डारीले बताए । कार्यक्रममा जो कोही पनि आउन सक्ने उनको भनाई छ।
कार्यक्रमको लागि प्रवासी नेपाली मञ्च, क्षेत्रीय समिति नागोयामा रहेका कार्यसमितिबाट आर्थिक संकलन गरिएको र आगन्तुकहरुले आफु खुशी सहयोग गर्न सक्ने अधिकारीले बताए। कार्यक्रम नागोयाको सोनाई योकुची पार्कमा जुन १५ तारिक बिहान १० बजेबाट शुरु हुने बताईएको छ। जापानना अध्ययन एवं कामको थकान मेटाउन बेला बेलामा संस्थागत तथा व्यक्तिगत यस्ता BBQ कार्यकमहरु हुने गरेका छन्।