सत्य बचन प्रेमील आवाजमा 🙏

 

सत्य बचन प्रेमील आवाज मा 🙏

प्रेम ईश्वर हाे , परमात्मा हाे ।
प्रेम ईश्वरको त्यो अनुपम उपहार हो
जस भित्र अमृतकाे सागर छ

महासागर छ जस् भित्र पुरै ब्रह्माण्ड छ
जुन प्रेम प्राप्त भएपछि बल्ल जीवन पूर्ण बन्छ।
प्रेम एक अनुपम दुर्लभ घटना हाे
कसैले चाहेर पनि हुने सम्भावना छैन।
देखेर खोजेर प्रेम पाइने कुरै छैन
त्यो त आफै प्रतिबिम्बित हुने रहेछ

भगवानको बरदान बाट …
भगवानको आशीर्वाद र अनुकम्पा बाट.मात्र….
आफ्नाे पात्रता पुगेपछि परमात्मामा आफूमा प्रबिष्ट हुनु नै प्रेम हुनु हाे
प्रेम भित्र त्यो पूर्ण शक्ति हुन्छ

आत्माले आफ्नोपनको आभास दिलाउँछ
जसले शक्ति प्रदान गर्दछ रोग लाग्दा औषधि अनि घाउ लाग्दा मलम
जब सम्म ब्यक्ति भित्र घमण्ड पूर्ण रूपमा मेटिन्न प्रेम प्राप्ति असम्भव छ।
प्रेमको शरीर संग कुनै सराेकार छैन
नजर भित्र पो कैद हुन्छ

मनको आँखाले हृदयको स्पन्दनले मात्रै प्रेम महसुस गरिन्छ
प्रेम दृश्यमा भन्दा आत्मिक अधिक हुन्छ
हृदयले हृदय सँगै एकाकार महसुस गर्नु प्रेम हो
प्रेम प्राप्तीको मार्गमा पिँडा अभाव अधिक हुन्छन
यस्ताे प्रेम कसैलाई गर्न सक्नु परम पिडाबाट गुज्रिनु पनि अनिवार्य पर्छ
किनकि पिडाले नै आनन्द दिने हाे।

आनन्द मात्र भेट्न सम्भव छैन पिडा साथै आउँछ। त्यहि भएर प्रेम दिब्य, अलाैकिक, परमानन्दित हुन्छ।
ईश्वरीयअनुकम्पा बाट उपहार आशीर्वाद प्राप्त हुन्छ
जसको प्रमाण हुँदैन दृश्य हुँदैन दृष्टिमा हुँदैन
मीरारुण असाधारण/दुर्लभ अदृश्य हुन 🙏❣️🙏
राधा कृष्ण जस्तै 🙏🙏

  – गङ्गा ज्ञवाली

images

 

Nepal life insurance

images