प्यूठान – प्यूठानको बरौला-७ मलवाङमा शुक्रबार भेटिएको सकेट बम मंगलबार निष्कृय
पारिएको छ । उप सेनानी नविन गुङको नेतृत्वको डिस्पोजल टोलीले बिहान ९ बजे नै
निष्कृय पारेको चण्डीदल गण प्यूठानले जनाएको छ ।
विभिन्न निकायबाट स्वीकृती लिनुपर्ने र विस्पोटक पदार्थ सकिएकाले समय लागेको
गणपति रामचन्द्र खनालले बताए । सकेट बम शुक्रबार अमरबहादुर सार्कीले खेतमा काम
गर्दै गर्दा बम फेला पारेका हुन् ।
बम द्वन्द्वकालमा तत्कालीन बिद्रोही पक्ष ओहोरदोहोर गर्ने क्रममा खसेको हुनसक्ने
प्रहरीको अनुमान छ । बम भेटिएको लामो समयसम्म पनि निष्कृष्य नपारिंदा स्थानीय
त्रसित बनेका थिए ।



