– कृष्ण खनाल
बुटवल २० साउन । बुटवलको तिनाउ पुल मुनी एक जना पुरुषको बेवारीसे शव फेला परेको छ । विहिवार विहन करिव ९ बजेको समयमा उक्त शव फेला परेको प्रहरीले जनाएको छ ।
अन्दाजी ६०, ६५ उमेरको पहाडीमुलको मानिसको सब फेला परेको हो । कालो कमिज र हरियो पाइन्ट लगाएको उक्त शवको पहिचान हुन सकेको छैन ।
शवको पोष्टमार्टनका लागी लुम्बिनी अाचल अस्पतालमा राखिएको छ ।