




काठमाडौँ । अमेरिकाले बेलायत र अष्ट्रेलियासँग गरिएको पनडुब्बी सम्झौताको समीक्षा गर्न थालेको छ । अमेरिकाले यो सुरक्षा सम्झौता आफ्नो ‘अमेरिका फर्स्ट’ एजेन्डा अनुसार हुनुपर्छ भन्दै सम्झौताको समीक्षा शुरु गरेको बताइएको छ ।

यो त्रिपक्षीय सम्झौतालाई चीनको बढ्दो शक्तिको प्रतिक्रियाको रूपमा हेरिएको छ । अष्ट्रेलियाले अमेरिकाबाट आफ्नो पहिलो आणविक शक्तिले चल्ने पनडुब्बी पाउनेछ ।
अष्ट्रेलिया र बेलायतले गत वर्ष आफ्नो समीक्षा गरेका थिए। दुवै देशले अमेरिकी अनुसन्धानलाई सामान्य मानेका छन् र नयाँ प्रशासनले सम्झौताको पुनर्मूल्याङ्कन गर्नु स्वाभाविक भएको बताएका छन् ।


यो कदम यस्तो समयमा उठाइएको हो जब अमेरिकाले अष्ट्रेलियालाई आफ्नो सैन्य खर्च जीडीपीको दुई प्रतिशतबाट साढे तीन प्रतिशतमा बढाउन दबाब दिइरहेको छ । अहिलेसम्म अष्ट्रेलियाले यसको विरोध गरेको छ ।
लगभग १७६ अर्ब पाउण्डको यो सम्झौता २०२१ मा हस्ताक्षर गरिएको थियो । त्यस समयमा तीन देशका विभिन्न नेताहरू यसमा संलग्न थिए ।



