एयर इन्डियाको विमान दुर्घटनामा २०४ जनाको मृत्यु भएको पुष्टि

 

काठमाडौँ । भारतको अहमदाबादमा भएको एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनामा २०४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

Nepal life insurance

विमान उडान भरेको केही समयपछि नै आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । विमानमा २४२ जना सवार थिए, जसमा २३२ यात्रु र १० जना चालक दलका सदस्य थिए। अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकले २०४ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

प्रहरी आयुक्तले केही जीवित सक्ने बताएका छन् । उनले ४१ जनाको अस्पतालमा उपचार भइरहेको र राहत तथा उद्धार कार्य जारी बताएका छन् । घाइतेमा विमानमा सवार बाहेक अन्य समेत रहेको बताइएको छ ।

भारतको अहमदावादबाट लण्डनका लागि उडेको एयर इन्डियाको उडान नम्बर एआई-१७१ विहिबार दिउँसो भारतीय समय अनुसार १.३८ बजे उडान भरेको दुई मिनेट पछि नै दुर्घटनाग्रस्त भएको थियो ।

विमानमा भारतको गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणीसहित २४२ यात्रु सवार रहेका थिए । विमानमा १६९ भारतीय, ५३ बेलायती, सात पोर्चुगिज र एक क्यानेडियन नागरिक सवार रहेको एयर इन्डियाले जानकारी दिएको छ ।

 

Nepal life insurance