खाँदबारी – संखुवासभाको नुममा धारीलो खुकुरी हानेर ३५ वर्षीय कर्मा शेर्पाको हत्या गरिएको छ ।
मत्स्यपोखरी ४ वस्ने कर्माठिले शेर्पाले सामान्य भनाभन हुँदाहुदै आफ्नै ज्वाईं कर्मा शेर्पालाई बिहीवार राति खुकुरी हानेर गम्भीर घाइते वनाएका थिए । घाइते कर्माको स्थानीय स्वास्थ्य चौकीमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहार लगैतै प्रहरीले कर्माठिलेलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय खाँदबारी ल्याएको प्रहरी नायव निरीक्षक श्याम राउतले वताए ।
शव पोष्टमार्टमका लागि खाँदबारी ल्याइने प्रहरीले जनाएको छ ।



