सुन तोलामा ४२ सयले बढ्यो

 

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मुल्य बढेको छ ।

Nepal life insurance

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा ४२ सयले बढेर तोलाको एक लाख ९७ हजार एक सयमा कारोबार भइरहेको छ ।

यसअघि विहिबार सुन तोलाको एक लाख ९२ हजार ९ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा १५ रुपैयाँले बढेर २१६५   रुपैयाँमा कारोबार भइरहेको छ ।

 

Nepal life insurance