सन्धिखर्कका गाउँमा कुकुर आतंक , नगरपालिका मुकदर्शक स्थानीय र किसान हैरान

 

-केशवराज ज्ञवाली , अर्घाखाँची ।

सन्धिखर्क – सन्धिखर्कका ग्रामिण क्षेत्रमा कुकुर आतंक बढ्दै गएको छ । छोडुवा कुकुरहरूले एकै दिनमा दर्जन बढी बाख्रा माथी आक्रमण गरिरहदा किसानहरु चिन्चित र हैरान बनेका छन । अपरान्ह देखि रातभर बजार क्षेत्रमा रहने कुकुरहरू बिहान र दिउसोको समयमा गाउँ पस्ने र बाख्रा पाठापाठीहरुमाथी आक्रमण गर्ने गरेका छन ।

Nepal life insurance

चार पाच देखि दर्जनको समुहमा आउने कुकुरहरुले गोठमा बाधिराखेका बाख्राहरुलाइ सिधै आक्रमण गर्ने र सकेसम्म मारेर खाने गरिरहेका छन ।

सन्धिखर्क नगरपालिकाका सबैजसो ग्रामिण भागमा यस्ता कुकुरले हैरानी बनाएको किसानहरुको गुनासो छ । यो समाचार तयार पार्दाको दिनमा दुई घन्टाको अन्तराल भित्र एकै गाउका दर्जन बाख्रा पाठा घाइते गराएका कुकुरहरूले सनपा -७ भालुखोलाका किसान रामकला खड्काको माउ बाख्रो , प्रेम थापा र आरती टण्डनको एक एक वटा बोका घटनास्थलमानै मारेका छन ।यसै सनपा -७ कै किसान गिता ज्ञवालिका २ वटा बाख्रा माथी आक्रमण गर्दा दुई वटै गम्भीर अवस्थामा रहेका छन ।

कुकुरहरूले बाख्रा सहित दुवार स्थित गणेश ज्ञवालिका दुई वटा कुखुरा खोरबाट थुतेर खाएका छन । सन्धिखर्क स्थित भेटेरिनरी तथा पशु अस्पतालका डाक्टर हकिकत अलिका अनुसार दैनिक जसो कुकुरले टोकेर आक्रमणमा परेका घरपालुवा जनावरहरुलाई किसानहरुले उपचारको लागि ल्याउने गरेका छन ।

डाक्टर अलिले स्थानिय र खासगरी कुखुरा ब्यबसायिहरुले मरेका र मर्न लागेका कुखुराहरु सिंगै कुकुरलाइ दिदा कुकुरहरूको आक्रमण गर्ने बानिलाइ टेवा पुगेको बताए ।

बिगतका बर्षहरुमा पनि कुकुरहरुले मानिसलाइ समेत आक्रमण गर्ने , बालबालिकाहरुलाइ टोक्ने लगायतका कार्य्गर्दा समेत सन्धिखर्क नगरपालिका मुकदर्शक बनेर बसेको छ ।

नगरपालिकाले कुकुरहरुलाइ एकतृत गर्दै स्थायी बन्ध्याकरण गरेर समुहमा छोडिदिने बाहेक अन्य केही गर्ने सकेको छैन । यसरी कुकुरहरूलाइ जम्मा गदै सामुहिक रुपमा छोडेर नगरपालिकालेनै कुकुर आतंक मच्चाउन लागिपरेको स्थानियहरुको आरोप छ ।

 

Nepal life insurance