मास्टर ब्लाष्टर फाईनलमा

– कृष्ण खनाल

 

बुटवल २१ साउन । बुटवलमा जारी प्रथम समर टि- ट्वान्टी कि्रकेट प्रतियोगीताको  शनिवार भएको खेलमा मास्टरव्लाष्टर संकरनगर फाईनमा पुगेको छ ।


बुटवल युवा कि्रकेट क्लवको आयोजनामा भएको प्रतियोगीतको पहिलो सेमिफाईनल खेलमा जि।आर युथ क्वल लाई हराउदै माष्टरव्लाष्टर फाईनलमा पुगेको हो । पहिला टस जितेर व्याटीङ्ग रोजेको जि आर युथ क्लबले  १७ दसमलव ४ बलमा १० विकेट खर्चेर मात्र ८२ रन बनाएको थियो ।


जि।आर युथ क्लवबाट बिनोद भुषाल ले २२ रन र अन्तिम थापाले २३ रन बनाएका थिए । बिनोद भुषालले २ अन्तिम थापा २ चन्द्र छनत्यालले २ विकेट लिएका भए पनी जित हासील गर्न सकेन । जि।एन युथ क्लवले प्रस्तुत गरेको ८२ रनको लक्ष्य मास्टर ब्लाष्टरले सहज रुपमा जित हासिल गरेको थियो ।

 

बलिङ्गतर्फ मास्टर ब्लाष्टरका  अमित थापा ले  सर्वाधिक २० रन  कमल न्यौपानेले १४ रन र राम थापाले १२ रनको योगदान दिएका थिए ।

 

खेलको म्यानआफ द म्याच मास्टर ब्लाष्टरका ममित राना घोषित भएको भए ।  मास्टर ब्लाष्टरका लाई जित दिलाउनका लागी  शदेर भण्डारीले ३  राम थापाले २ देवेश बराल ले २ बुद्ध रानाले २ विकेट लिएका थिए । आईतबारको खेल सि सी टी कलेज बुटवल १३ देबिनगर र बुटवल बहुमुखी क्याम्पसका विच हुने आयोजकले जनाएको छ । प्रतियोगीतमा प्रथम हुने लाई नदग २०हजार र द्धितीयलाई १० पुरस्कारको व्यवस्था गरिएको आयोजकले बताएको छ ।