इजरायलमा इरानको जवाफी आक्रमण, सयौं मिसाइल प्रहार

 

काठमाडौँ । इजरायल र इरानबीच दोहोरो युद्ध शुरु भएको छ ।  शुक्रबार बिहान इजरायलले इरानमाथि आक्रमण गरेर शुरु भएको युद्ध अब इरानले पनि इजरायलमाथि जवाफी आक्रमण शुरु गरेको छ ।

Nepal life insurance

इजरायली आक्रमणमा इरानमा अहिलेसम्म सेनाका शिर्ष कमान्डरसहित ७८ जनाको मृत्यु भएको छ र ३५० भन्दा बढी घाइते भएको बताइएको छ ।

जवाफमा इरानले इजरायलतर्फ १५० भन्दा बढी ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । यी मध्ये ६ वटा क्षेप्यास्त्र तेल अभिभमा खसेका छन् जसमा १ महिलाको मृत्यु भएको रिपोर्ट आएको छ । सोही समयमा ६३ जना घाइते भएका छन् । मिडिया रिपोर्टहरूले इजरायली रक्षा मन्त्रालयलाई पनि निशाना बनाएको दाबी गरेका छन् । अहिले पनि तेलअभिभमा कैउँ विस्फोट सुनिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

आक्रमण अघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई सुरक्षित स्थानमा सारिएको थियो । इजरायलले शुक्रबार बिहान इरानी आणविक स्थलहरू र धेरै सैन्य स्टेशनहरूलाई निशाना बनाएको थियो । यस आक्रमणमा ६ आणविक वैज्ञानिक र २० भन्दा बढी कमाण्डरहरू मारिएका छन् ।

 

Nepal life insurance

 

 

Nepal life insurance