पाकिस्तानी सेना प्रमुखलाई ट्रम्पको बिशेष सम्मान, बाेलाए अमेरिका

 

पाकिस्तानी सेना प्रमुखलाई ट्रम्पको बिशेष सम्मान, बाेलाए अमेरिका

इस्लामवाद, ३१ जेठ । पाकिस्तानी सेना प्रमुख असिम मुनिर अमेरिका भ्रमणमा निस्केका छन्।

Nepal life insurance

आज शनिबार अर्थात जुन १४ मा वासिङ्टन डिसीमा अमेरिकी सेनाको २५० औँ वार्षिकोत्सवको समारोहमा उनी बिशेष अतिथिका रूपमा सहभागी हुनेछन्। यो दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ७९ औं जन्मदिन पनि हो। यस अवसरमा राजधानी वासिङ्टनमा परेडको आयोजना गरिनेछ।

मुनिरको पहिलो अमेरिका भ्रमण २०२३ मा भएको थियो, जब उनले तत्कालीन अमेरिकी रक्षा सचिव लोयड अस्टिन, तत्कालीन विदेश सचिव एन्टोनी ब्लिन्केन र संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेससँग भेट गरेका थिए।

तर, मुनिरको भ्रमणअघि नै पाकिस्तान भित्रै भने विरोधका आवाज सुनिन थालेका छन् । पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी तेहरिक ए इन्साफ (पीटीआई)ले यो भ्रमणका क्रममा विरोध गर्ने धम्की दिएको छ। पीटीआईका विदेश मामिला सचिव सज्जाद बुर्कीले शनिबार वाशिंगटनस्थित पाकिस्तानी दूतावास बाहिर प्रदर्शन गर्न अपील गरेका छन्। उनले एक्स टेल द ह्वाइट हाउसमा लेखेका छन् कि पाकिस्तानका जनताले यो सरकारसँग कुनै पनि सम्झौता स्वीकार गर्दैनन् पनि भनेका छन्।

images

मुनीरको भ्रमण अघि पाकिस्तानका सम्बन्धमा अमेरिकाको बोलीमा पनि परिवर्तन आएको देखिन्छ । अमेरिकाको सेन्ट्रल कमाण्डका प्रमुख जनरल माइकल कुरिल्लाले अमेरिकाले भारत र पाकिस्तान दुवैसँग सम्बन्ध कायम राख्नुपर्ने बताएका छन् ।

images

उनले इस्लामिक स्टेट खोरासान (आईएसआई–के) को खतरासँग लड्न पाकिस्तानी सेना आवश्यक रहेको बताए। मंगलबार संसदको सशस्त्र सेवा समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।

images

जनरल कुरिल्लाले आतंकवाद विरुद्धको लडाईमा पाकिस्तान बलियो सहयोगी भएकोसमेत बताएका छन् । उनले भने– ‘अमेरिकाले पाकिस्तान र भारत दुवैसँग सम्बन्ध कायम राख्नुपर्छ । यो बाइनरी स्विच होइन कि यदि तपाइँसँग एकसँग सम्बन्ध छ भने तपाइँ अर्कोसँग सम्बन्ध राख्न सक्नुहुन्न। हामीले सम्बन्धको फाइदाहरू हेर्नुपर्छ।’

 

Nepal life insurance

 

Nepal life insurance