दाङ : देउखुरीको आशाका किरण संस्था द्वारा शैक्षिक सामाग्री वितरण

 

-टेकराज भुसाल ,देउखुरी।

भालुवाङ १ असार ।  देउखुरीको राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्थाले करिव १५ हजार मूल्य बराबरको शैक्षिक सामाग्री वितरण गरेको छ ।

राप्ती गाउँपालिकाको वडा नम्बर १, पाखापानीमा रहेको श्री नव प्रतिभा आधारभूत विद्यालयमा अध्ययनरत ४० जना विद्यार्थीलाई लक्षित गर्दै शैक्षिक सामग्री वितरण गरिएको हो।

May be an image of 9 people

आर्थिक रूपमा कमजोर तथा अध्ययनमा इच्छुक विद्यार्थीहरूलाई १/१ थान झोला, ५/५ थान कपी र ३/३ थान पेन्सिल प्रदान गरिएको थियो।

May be an image of 5 people and text

Nepal life insurance

images

शैक्षिक सामग्री वितरण कार्यक्रम संस्थाका अध्यक्ष अशोक बेल्वासेको अध्यक्षता र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामलाल पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। शैक्षिक सामग्री संकलन तथा सहयोगको समन्वय संस्थाका संस्थापक अध्यक्ष सुर्यकिरण केसीले गरेका थिए।

May be an image of 7 people and text

images

May be an image of 9 people

images

कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक निर्मला बञ्जाडे, आशाका किरण संस्थाका संस्थापक अध्यक्ष सुर्यकिरण केसी, वरिष्ठ उपाध्यक्ष दिवस आचार्य, महासचिव लोकमणी भुसाल, सचिव श्रीधर जिसी, सदस्यहरु स्वस्तिका खनाल,गिता खनाल, प्रेस संयोजक ओमप्रकाश गुप्ता लगायतको विशेष उपस्थिती रहेको थियो ।

कार्यक्रमको सञ्चालन शिक्षक शिशिर घिमिरेले गरेका थिए ।

 

Nepal life insurance

Nepal life insurance