– कृष्ण खनाल
बुटवल २२ साउन । सुनौलो संगम युवा क्लव बुटवल १३ तल्लो देविनगरको आयोजनमा गत शुक्रवार देखी चलिरहेको प्रथम मिलन टि ट्वान्टी कि्रकेट प्रतियोगीतको आईतवार भएको प्रतिस्पर्धामा जानकीनगर युवा क्वल र रोयल सुनौली विजयी भएका छन । आईतवार विहान भएको खेलमा जानकीनगर युवा क्वलले आफ्नो प्रतिष्पधी बुटवल बहुमुखी क्यापस माथी ७२ रनको फराकीलो अन्तरले जित कब्जा जमाएको हो । पहिला टस हारेर ब्याटीङ्ग गरेको जानकीनगर युवा क्वलले १ सय २४ रनको टार्गेट दिएको थियो । १ सय २४ रनलाई पछ्याउदै मैदानमा उत्रेको बुटवल बहुमुखी क्याम्पस बुटवलले मात्र ५२ रनमा अल आउट भएको थियो ।
त्यस्तै आईतबार भएको दोस्रो प्रतिष्पर्धामा रोयल सुनौली ले किङ्स्स एलावेन बर्मेलीटोल भैरहवालाई हराएको थियो । रोयल सुनौली ले दिएको १ सय ३३ रन पछ्याउन मैदानमा उत्र्को किङ्क्स ११ बर्मेलीटोले आफ्ना सवै विकेट गुमाएर १ सय १८ रनमा अल आउट भएको थियो । खेलमा ३ विकेट लिई १७ रन बनाएका जानकीनगर युवा क्वल का विदुर के सि र ४४ रन र १ विकेट लिएका रोयल सुनौली का रविन्द्र िसंह म्यान आफ द म्याच भएका थिए । खेलमा पहिलो पटक नया सुरु गरिएको एम जि एम कमाल क्याच भने बुटवल बहुमुखीका खेलाडी शुनिल पोखरेल र रोयल शुनौलीका मह्मद ईस्रायल घोषित भए ।
भारतका ३ टिम समेत सहभागी रहेका प्रतियोगीतमा कुल २९ टिमको सहभागीता रहेको छ । प्रतियोगीतामा प्रथम पुरस्कार नगद २५ हजार र द्धितीय हुने टिम ले १२ हजार ५ सय रुपैया नगद र प्रमाण पत्रको व्यवस्था गरिएको खेल संयोजक शिब बजगाईले जानाकारी दिए ।