




असार २ अर्घाखाँची । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३को बजेटमा सुन र सुनचाँदीका गहना तथा हिरा मोति जस्ता बहुमुल्य बस्तुमा लगाएको कर प्रणाली को विरोध गर्दै नेपालमा रहेका नेपाल सुनचाँदी व्यवासायी महासंघ ,नेपाल रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघले समुक्त रुपमा जेष्ठ २७ गते देखि विभिन्न प्रकारले विरोध गर्दै आएका छन।


यस अघि महासंघले सरकारको विरोधका लागि तय गरेको कार्यक्रमको सन्दर्भमा जेष्ठ २७ गते ७७ जिल्लाका जिल्ला प्रशासनमा प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई

ज्ञानपन पत्र दिएको जेष्ठ २९ र ३०गते आफ्ना पसल बन्दगरी पसलको चावी प्रमुख जिल्ला अधिकारिलाई बुझाएको र ३० गते देखि पसलमा कालो झन्डा राखि हातमा कालो पट्टिबाधेर पसल सन्चालन गरेको अर्घाखाँची सुनचाँदी व्यवासायी संघका जिल्ला महासचिव कृष्ण पन्थिले जानकारी दिए।

महासंघका अनुसार सरकारले सुनचाँदी र सुनचाँदीका गहनाहरु खरिद बिक्रीमा लगाएको २%विलासी कर र हिरा मोति लगाएतका बहुमुल्य धातुहरुमा लगाएको १३प्रतिशत भ्याट देख्दा थोरै देखिएपनी यो घुमाउरो तरिकामा सरकारले विक्रेता र उपभोक्ताको ढाड सेक्ने नीति ल्याएको बताए ।


किनभने नेपालको हकमा अन्तरास्ट्रिय बाट नेपालको बैंक लाई २% बैंकले सुनडिलरलाई २%डिलरले पसलेलाई २%र पसलवालाले ग्राहकलाई वेच्दा २%गर्दा अन्त्यमा ग्राहक हरुले २०००००को सुनको गहना किन्दा दस देखि शोह्र हजार बढी विलासि कर तिर्न पर्ने बाध्यता रहेको ब्यवस्था ल्याएको र यसले कतै पनि जनताको हितमा नभएको भनिएको छ ।


यश कारण सरकारलाई दवाव शिर्जना गरि सुनचाँदी तथा बहुमुल्य बस्तुहरुमा लगाईएको कर हटाई सर्वसाधारण जनताहरुको पहुँचमा राख्न आज मिति २०८२असार२गते देशका ७७ओटै जिल्लामा सहेका सम्पुर्ण राजनीतिदलहरुका जिल्ला अध्यक्ष तथा पधाधिकारी मार्फत सबै पार्टीका केन्द्रिय अध्यक्षहरुलाई ७बुदे ज्ञापन पत्र बुझाएको अर्घाखाँची सुनचाँदी ब्यवासायी संघ जिल्ला बरिस्ठ उपाध्यक्ष दिपक कुमार विकले जानकरी दिए।


विकका अनुसार अर्घाखाँची जिल्लामा रहेका पार्टी नेपाली काङ्ग्रेस ,नेकपा एमाले,रासोपा,राप्रपा,राजमो ,नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पधाधिकारीहरुलाई आज आफ्नो केन्द्रिय पार्टी अध्यक्ष समक्ष पुर्याउन भनी ज्ञापनपत्र बुझाएको र सबैले सुनचाँदी व्यवासायी संघ अर्घाखाँचीले उठान गरेको विषय एक्दमै राम्रो रहेको र यसको लागि हरेक समयमा आफुहरुको साथ सपोट रहेको भन्दै आ-आफ्नो केन्द्र पार्टीलाई आजै जानकारी गराउने प्रतिवद्द्ता जायर गरेको जनकारी दिए।



