अर्घाखाँचीमा एसएलसी पुरक परीक्षामा ३ जना निस्कासित

– प्रेमनारायण आचार्य


अर्घाखाँची २२ साउन  । आजको एसएलसी पुरक परीक्षामा अर्घाखाँचीको जनज्योती उच्च माध्यमिक बिद्यालय र अर्घाखाँची आबसीय केन्द्रबाट ३ जना परिक्षार्थी  निस्कासित भएका छन् । 


चिट चोरेपछि जनज्योती केन्द्रबाट सिम्बोल न्.- १४७०१८८ आर भएका १ जना  अर्घाखाँची आबसीय केन्द्रबाट  १४७१२५६ टी र १४७१२६७  ई भएका २ जना परिक्षार्थी निस्कासित गरिएको जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालले बताउनु भयो ।


अर्घाखाँचीका ४ वटा केन्द्रमा एसएलसी परीक्षा संचालन गरिएको जिल्ला शिक्षा कार्यलय अर्घाखाँचीले बताएको छ । 

मौका परिक्षामा अर्घाखाँचीबाट १८१५ विद्यार्थीहरु सामेल हुदै छन् । भने सबै भन्दा बढी गणित अगे्रजी र विज्ञानमा रहको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । विगत वर्षहरुमा भन्दा अर्घाखाँचीमा एसएलसी परिक्षा मर्यादित हुदै गएको छ ।

 





अन्य समाचारहरु