डा. निशिकान्त दुबेको आरोपः कांग्रेसको विदेश नीतिका कारण नेपाल हिन्दू राष्ट्रबाट हटाइयो

 

काठमाडौं, ३ असार । भारतीय जनता पार्टीका वरिष्ठ सांसद तथा गोड्डा निर्वाचन क्षेत्र (झारखण्ड) बाट चौथो कार्यकालका लागि निर्वाचित डा. निशिकान्त दुबेले नेपालको हिन्दू राष्ट्रको पहिचान मेटिनुको दोष भारतीय कांग्रेसको परिवारवादी विदेश नीतिलाई दिएका छन्।

Nepal life insurance

सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मा आफ्नो धारणा सार्वजनिक गर्दै दुबेले ऐतिहासिक घटनाक्रमको सिलसिलामा कांग्रेस नेतृत्वको भूमिका र त्यसबाट भारत तथा नेपाल दुबैले बेहोर्नु परेको नतिजामाथि प्रकाश पारेका छन्।

उनका अनुसार सन् १९८८ मा तत्कालीन भारतीय प्रधानमन्त्री राजीव गान्धी नेपालको भ्रमणमा गएका थिए। उनले पशुपतिनाथ मन्दिर दर्शन गर्न चाहेका थिए, तर मन्दिर प्रशासनले गैर–हिन्दूलाई प्रवेश निषेध गर्ने नीतिअनुसार अनुमति दिएको थिएन र त्यसपछि भारतले नेपालमा पठाइने सामग्रीहरूमा सीमा शुल्क बढाएर आर्थिक दबाब सिर्जना गर्‍यो।

Nepal life insurance

दुबेले उल्लेख गरेका छन् कि उक्त दबाब पछि नेपालका तत्कालीन राजा वीरेन्द्रले युद्धको सम्भावनालाई ध्यानमा राख्दै चीनसँग हतियार र खाद्यान्न आपूर्तिका लागि समझौता गरेका थिए । यसको प्रतिक्रियास्वरूप भारतले सन् १९८९ मा नेपालमाथि औपचारिक आर्थिक नाकाबन्दी गर्‍यो।

images

उनले दाबी गरेका छन् कि त्यसपछि भारतीय गुप्तचर संस्था रअका अधिकारी अमर भूषणलाई नेपालमा सक्रिय गराई राजा वीरेन्द्रलाई हटाउने र चीन समर्थित माओवादी नेता प्रचण्डलाई सत्तामा ल्याउने रणनीति अघि बढाइएको थियो। सोही प्रक्रियाबाट नेपाल हिन्दू राष्ट्रबाट धर्मनिरपेक्ष राष्ट्रमा परिणत भएको उनले उल्लेख गरेका छन्।

डा. दुबेको अनुसार भारतीय कांग्रेसले धार्मिक मूल्यमान्यता र छिमेकी राष्ट्रहरूको संवेदनशीलता नबुझी अहंकारी र वंशवादी नीति अपनाएको कारण नेपालजस्तो ऐतिहासिक हिन्दू राष्ट्रले आफ्नो पहिचान गुमाउनु परेको हो।

images

उक्त अभिव्यक्ति सार्वजनिक भएपछि सामाजिक सञ्जाल एक्समा यसबारे चर्को बहस शुरु भएको छ।

https://x.com/nishikant_dubey/status/1934454177775685800

images

 

Nepal life insurance