बारामा हत्या आरोपित ४ जना सार्बजनिक

 

बारामा हत्या आरोपित ४ जना सार्बजनिक

रौतहट, ५ असार। बारा कलैया नगरपालिका १४ बघवन गाउँमा एकजना मानिसलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले ४ जना लाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

Nepal life insurance

कुटपिट तथा हत्याका आरोपीहरु कलैया उपमाहनगरपालिका वडा १४ बघवन गाउँका वर्ष २८ को दिगम्बर साह कलवार,
सोही ठाउँका उमेश जैसवालको श्रीमती वर्ष ३८ की रन्जु जैसवाल, उनको छोराहरू वर्ष २० को सुमित जैसवाल र वर्ष १८ को सुजित कुमार जैसवाल रहेको बारा प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले बताएका छन्।

उनीहरू माथी ज्यान सम्बन्धी कसूर मुद्दा दायर गरी थप अनुसन्धान भइरहेको प्रवक्ता पण्डितले जानकारी दिएका छन्।
घटनाको विवरण अनुसार जेठ २९ गते बेलुका सावा ६’बजे कलैया उप-महानगरपलिका १४ बघवन  बस्ने वर्ष ५० को नन्दु राउत कुर्मीलाई पुरानो रिसिवीको कारण सोही ठाउँका वर्ष ४० को उमेश जैसवाल समेत गरी ६ जना व्यक्तिहरूले मिलि मरणासन्न हुने गरी कुटपिट गरी घाईते बनाएको थियो।

उपचारको लागि प्रादेशिक अस्पताल कलैया लगे पश्चात चिकित्सकले चेकजाँच गर्दा निज नन्दु राउत कुर्मीको सोही दिन घटनाको १ घन्टा पश्चात सवा ७ बजेको समयमा मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ।

images

घटनाबारे जिल्ला प्रहरी कार्यालय बारालाई प्राप्‍त हुन साथ तत्काल घटना स्थलमा पुगी प्रारम्भिक अनुसन्धान पश्चात घट्नामा संलग्न रहेको वर्ष २८ को दिगम्बर साह कलवारलाई पक्राउ गरेको थियो।

images

कलवार माथी सोही दिन पक्राउ गरी ज्यान सम्बन्धी कसूर मुद्दामा बारा जिल्ला अदालतबाट दिन ७ (सात) म्याद लिई अनुसन्धान अगाडी बढाईएको र  फरार  व्यक्तिहरूलाई  इन्स्पेक्टर खेम प्रसाद नेपाल नेतृत्वको टोलीले खोजतलास सुरु गरेको थियो।

 

images

Nepal life insurance

 

विशेष प्रहरी टोलीले कलैया ५ स्थित सागर लामिछानेको घरमा लुकिछिपि बस्दै गरेको अवस्थाबाट महिला १ जना र  वीरगंज महानगरपालिका १ शान्ती टोल स्थित बसिर मियाँको घरमा छुकिछिपि बस्दै गरेको पुरूष व्यक्ति २ जना समेतलाई आज पक्राउ गरेको प्रहरीले जनाएको छ।

 

Nepal life insurance

ज्यान मुद्दा शिर्षकमा म्याद मिलान गरी थप अनुसन्धान भइरहेको र अन्य फरार आरोपितहरूको खोज तलास भैईरहेको जिल्ला प्रहरी कार्यालय बाराले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।