हिन्दू बनेर नेपाली नाबालिकालाई दिल्ली लैजाँदै गरेका आलम भारतीय प्रहरीको फन्दामा

 

हिन्दू बनेर नेपाली नाबालिकालाई दिल्ली लैजाँदै गरेका आलम भारतीय प्रहरीको फन्दामा

सञ्जय मिश्रा
बिरगंज ५ असार। हिन्दू बनेर काठमाडौंकी एक नाबालिका लाई ललाई फकाई भारतको राजधानी दिल्ली लिएर जाँदैगरेका एकजना मुस्लिम युवक लाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेको छ।

Nepal life insurance

केहीदिन अघि काठमाडौंबाट बेपत्ता भएकी एकजना १३ वर्षीय बालिकालाई शेख रिजवान आलम भन्ने युवकले दिल्ली लैजाँदै गरेको अवस्थामा  रक्सौल भन्सार नजिकैबाट भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएको हो।

शेख आलम हिन्दू बनेर स्टार मेकर एपमा साथी बनाएर उक्त नावालिकसंग बिहे गर्ने राम्रो जागिर लगाइदिने प्रलोभन देखाई दिल्ली लगिरहेको क्रममा पक्राउ गरिएको बताईएको छ।

नेपालको प्रमुख आर्थिक नगरी वीरगञ्जसँग जोडिएको  भारतीय सहर रक्सौल सीमानामा भारतिय सीमा सुरक्षा बल ९एसएसबी०जुभेनाइल एड सेन्टर र डंकन अस्पतालको न्याय नेटवर्क परियोजनाको संयुक्त अपरेसनमा उक्त १३ वर्षीया नेपाली किशोरी सहित मानव तस्कर आलमलाई पक्राउ गरेको छ।

images

दिल्लीमा जागिर र बिहेको झुटो प्रलोभन देखाउने युवक भारत बिहार राज्यको पूर्वी चम्पारणका शेख रिजवान आलमले तस्करी गर्न लागेको एसएसविले बताएको छ। रक्सौल कस्टम नजिकै पहाडे मूलकी केटी र मधेशी मूलको केटा देखेपछि शङ्का लागेर संयुक टोलीले खोजतलास गर्दा मानव तस्करीको घटना सार्वजनिक भएको हो।

स्टार मेकर एपमार्फत आलमसँग मित्रता भएपछि प्रेम सम्बन्धमा परिणत भएको नाबालिकाले खुलासा गरिन् । रिजवानले उनलाई दुई पटक काठमाडौँमा भेटेका थिए । भारतीय मानव तस्करी रोधी इकाईले  किशोरीलाई सुरक्षित राखी आलमलाई आवशयक कार्वाहीको लागी रक्सौल स्थित हरैया थानामा बुझाएको छ ।

images

हरैया थानामा रिजवान माथी एफ आई आर दर्ता भई अनुसन्धान जारीरहेको मोतीहारी जिल्ला प्रहरी प्रमुख एसपी सुवर्ण प्रभातले न्युज कारखाना लाई बताएका छन्। उनले यस्ता घटना रोक्न सीमाक्षेत्रमा खटिएका नेपाली सुरक्षाकर्मी र बिभिन्न गैरसरकारी संस्थाका पदाधिकारी बिशेष रुपमा चनाखो हुन सुझाव दिएका छन्।

images

पछिल्लो समय नेपाली बालिकालाई बिभिन्न प्रलोभन देखाएर भारतको बिभिन्न प्रान्तमा लैजाने घटना बढेको छ। केहीदिन अघि मात्र बारा सिम्रौनगढकी एक बालिकालाई ललाई फकाई भारत तर्फ लैजाने क्रममा सीमावर्ती जमुनिया क्याम्पका एसएसबिको गस्ती टोलीले दुवैजना लाई पक्राउ गरी रौतहट स्थित प्रहरी चौकी बंकुलको जिम्मा लगाएको थियो।

 

Nepal life insurance

 

Nepal life insurance