




काठमाडौँ । भारतीय टेस्ट कप्तान शुभमन गिल र यशस्वी जैसवालले इङल्याण्डविरुद्ध शतक प्रहार गरेका छन् । शुक्रबारदेखि शुरु भएको इङल्याण्डविरुद्ध टेस्ट सिरिजको पहिलो खेलमा गिल र जैसवालले शतक प्रहार गरेका हुन् ।


जैसवालले आफ्नो टेस्ट क्यारियरको पाँचौ शतक प्रहार गरेका थिए । आफ्नो २०औं टेस्ट खेलमा जैसवालको यो पाँचौं शतक हो । साथै गिलले आफ्नो ३३औं टेस्ट खेलमा छैटौं टेस्ट शतक प्रहार गरेका छन् । साथै कप्तानको रुपमा गिलले आफ्नो डेभ्यु खेलमा शतक प्रहार गरेका छन् ।
रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्यास लिएपछि, शुभमन गिललाई टेस्ट टोलीको नेतृत्व गर्ने जिम्मेवारी दिइएको थियो ।



