आक्रमण भइरहँदासम्म आणविक वार्ता गर्दैनौ- इरानी विदेशमन्त्री अराघची

 

काठमाडौँ । इरानले आक्रमण भइरहँदासम्म आफ्नो आणविक कार्यक्रममा वार्ता पुनः सुरु नगर्ने स्पष्ट गरेको छ । यो बयान यस्तो समयमा आएको हो जब इजरायलका रक्षामन्त्रीले इरानसँग लामो द्वन्द्वको चेतावनी दिएका छन् ।

Nepal life insurance

इरानी विदेशमन्त्री सयद अब्बास अराघचीले इजरायलले आफ्नो क्रमण बन्द गरेपछि मात्र इरानले वार्ता गर्ने विचार गर्ने बताएका छन् । उनले इरानको आणविक कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण छ र इजरायलको आक्रमण अन्तर्राष्ट्रिय कानूनको विरुद्धमा रहेको दोहोर्‍याए ।

अब्बास अराघचीले भने, ‘म यो स्पष्ट पार्न चाहन्छु कि हाम्रो रक्षा क्षमतामा कुनै सम्झौता हुनेछैन ।’

यसैबीच, इजरायली सेना प्रमुख इयाल जमिरले एक भिडियो सन्देशमा इजरायल लामो युद्धको लागि तयार रहनुपर्ने र ‘कठिन दिनहरू’ अगाडि रहेको बताएका छन् ।

इरानका विदेशमन्त्री अब्बास अराघचीले शुक्रबार जेनेभामा युरोपेली नेताहरूलाई भेट गरेका थिए । यस बैठकमा, युरोपेली नेताहरूले उनलाई आणविक कार्यक्रममा अमेरिकासँग वार्ता पुनः सुरु गर्न अपील गरेका थिए । तर अराघचीले आक्रमणको बीचमा वार्ता नगर्ने स्पष्ट अडान राखेका थिए ।

 

Nepal life insurance