एनपीएल फ्रेन्चाइजी सुदूरपश्चिमका ६ खेलाडी रिटेन, ६ रिलिज

 

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइजी सुदूरपश्चिम रोयल्सले दोस्रो सिजनका लागि ६ खेलाडी रिटेन गरेको छ ।

Nepal life insurance

सुदूरपश्चिमले दिपेन्द्र सिंह ऐरीलाई मार्की खेलाडीकै रुपमा रिटेन गरेको जानकारी दिएको छ भने विनोद भण्डारी, आरिफ सेख, अविनाश बोहोरा, इशान पाण्डे र नरेन साउदलाई रिटेन गरेको छ ।

साथै सुदूरपश्चिमले ६ खेलाडीलाई रिलिज गरेको छ । जसमा अमित श्रेष्ठ, अर्जुन कुमाल, नरेश बुढाथोकी, खड्क बहादुर बोहोरा, भोजराज भट्ट र बसन्त खत्रीलाई रिलिज गरेको छ ।

 

Nepal life insurance