अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा विश्वकप विजेता स्पेन पराजित भएको छ । इटालिले आफ्नै मैदानमा स्पेनलाई २/१ ले हराएको हो । इटालीको जीतमा रिकार्डो मोन्टोलिभो र अल्बर्टो अक्विलानीले १/१ गोल गरे भने स्पेनका जाभी अलोन्सोले एक गोल गरे । यसैगरी, अन्य मैत्रीपूर्ण खेलहरुमा जमर्नी र जापान विजयी भएका छन् । तिन पटकको विश्वकप विजेता जर्मनीले पाँच पटकको विश्वकप विजेता ब्राजिललाई ३/२ ले हराएको हो ।
जर्मनीलाई जीत दिलाउने क्रममा वास्टियन स्वेचन्स्टीगर, मारियो गोमेज र आन्दे्र स्वेरलेले १/१ गोल गरे भने ब्राजिका लागि रोबिन्हो र निमारले १/१ गोल गरे । यता, एसियन पावर हाउस जापानले गणतन्त्र कोरियालई ३/० ले हरायो । जापानको जीतमा मिडफिल्डर सिन्जी कगावाले २ तथा किसुके होण्डाले १ गोल गरे ।