– कृष्ण खनाल
बुटवल २७ साउन । सुनौलो संगम युवा क्वलको आयोजनामा बुटवलमा जारी मिलन स्मृती टि ट्वावन्टी कि्रकेट प्रातियोगीतमा रक स्टार प्रतापपुर भारत विजयी भएको छ । बुटवल पब्लीक स्कुलको खेलमैदानमा भएको खेलमा लुम्बिनी ईन्जीनेरीङ्ग कलेज लाई रक स्टारले ९ विकेटको फराकीलो अन्तरले हराएको हो ।
पहिला टस जितेर व्याङ्गगरेको लुम्बिनी ईन्जीनेरिङ्ग कलेज भलवारीले १२ ओभर २ वलमा मात्र ५३ रनको योगफल तयार पारेर अल आउट भएको थियो । ५४ रनको विजयी लक्ष्य पछ्उन जवाफी व्याटिङ्गमा उत्रेको रक स्टार ले २ ओभर ४ वलमा लक्ष्य पुरा गर् यो । प्रतियोगीतको म्यान अफ द म्याच रक स्टार प्रतापपुर भारतका अमर पाल घोषित भए । उनले २ ओभरमा १ रन बनाएर ३ विकेट लिएका थिए ।
शुक्रवारको पहिलो खेल बुटवल युथ भसे्रज बुल्स क्लव र अरनिको बोडिङ्ग स्कुल भसे्रज दिप वोडिङ्ग स्कुलका विचमा हुने खेल संयोजक शिव बजगाई ले जनाकारी दिए ।