जनैपूर्णिमा र रक्षाबन्धन पर्वको आध्यात्मिक रहस्य


 

– ब्रहृमाकुमारी शोभा


जनैपूर्णिमा अथवा रक्षाबन्धन एक प्राचीन पर्व हो जुन नेपाल र भारत वर्षमा धुमधामसंग मनाइन्छ । रक्षाबन्धनको नाम लिने बित्तिकै भाइ र बहिनीको पवित्र स्नेहको लहरहरु मनमा उत्पन्न हुन थाल्दछ । कुनैपनि दृष्टिकोणले हेर्ने हो भने रक्षाबन्धन पर्व आफैमा एक अद्भूत छ । ज्ञानको दृष्टिकोणबाट हेर्ने र मनाउने हो भने यसबाट मुक्ति र जीवनमुक्ति प्राप्त हुन्छ । तर यसलाई परम्पराको रुपमा मनाउने चलन छ ।

जनैपूर्णिमा श्रावण महिनाको पूर्णिमामा मनाइन्छ । यस पर्वको सार्वभौमिक लोकमान्यता यो छ कि यस दिन दिदीबहिनीले दाजुभाइलाई राखी बांध्दछन् र दाजुभाइले आफ्नो बहिनीको भार आफ्नो माथि लिएको हुन्छ । तर मनमा प्रश्न उठ्न सक्छ कि दिदीबहिनीको रक्षाको भार दाजुभाइको माथि किन रु किनकि जब कन्या सानो हुंदा उसको रक्षा गर्ने काम मातापिताको हुन्छ । जब विवाह हुन्छ त्यस अवस्थामा उसको रक्षा गर्ने काम पति माथि हुन्छ । वास्तवमा मान्ने हो भने दिदीबहिनीको रक्षा गर्ने काम दाजुभाइमाथि नै हुन्छ कसरी रु फेरि प्रश्न उठ्न सक्छ कि ठूलो दिदीले सानो भाइलाई पनि राखी बांधिदिन्छन् रु जसलाई बोल्न, देख्न, चिन्न आउदैन भने यस्तो भाइले विकट परिस्थितिमा दिदीबहिनीको रक्षा कसरी गर्ने रु अझ विदेशमा बस्ने दाजुभाइलाई पनि राखी पठाउंछन् भने संकटको समयमा टाढा बस्ने दाजु वा भाइ के पुग्न सक्छ त रु अवश्य पनि सक्दैन । अब यो प्रश्न अत्यन्त नै विचारणीय हुन जान्छ कि रक्षा बन्धनको महत्व दाजुभाइ र दिदीबहिनीको प्रेमसम्म मात्र सीमित छ या यसको अरु कुनै गहन रहस्य पनि छ ।

दिदीबहिनीहरु भाइसंग कुन प्रकारको रक्षा चाहन्छन् त ?

रक्षाबन्धनको गुप्त रहस्यलाई बुझ्नु भन्दा पहिला यो कुरा जान्नु आवश्यक छ कि मनुष्यको सबै प्रकारको रक्षा कसरी र कोद्वारा हुन सक्छ रु र दिदी बहिनी आफ्नो दाजुभाइसंग कुनप्रकारको रक्षा चाहन्छन् रु वास्तवमा विचार गर्ने हो भने प्रत्येक मनुष्य पांचप्रकारको रक्षा चाहन्छन् ।

१।तनको रक्षा २।धर्मको रक्षा ३। सतीत्व वा पवित्रताको रक्षा ४।कालबाट रक्षा ५।मायाको विघ्नबाट रक्षा तर प्रश्न उठ्छ कि के सबै मानिस यस पांचै प्रकारको रक्षा गर्न समर्थ छन् त रु सर्वप्रथम तनको रक्षा वा शारीरिक रक्षाको लागि मानिसहरु अनेकौं कोसिसहरु गरेता पनि अन्तिम समय आएपछि उसलाई कसैले पनि बचाउन सक्दैन । त्यसकारण भनाई छ ँभावी टालने से नही टलती