इन्टर मियामी र पाल्मेरास फिफा क्लब विश्वकपको नकआउट चरणमा

 

काठमाडौँ । इन्टर मियामी र पाल्मेरास जारी फिफा क्लब विश्वकपको नकआउट चरणमा प्रवेश गरेका छन् ।

समुह ए अन्तर्गत समुह चरणको अन्तिम खेलमा मंगलबार बिहान इन्टर मियामी ब्राजिलियन क्लब पाल्मेराससँग २-२ गोलको बराबरी खेलेसँगै समुहमा दोस्रो हुदै नकआउट चरणमा पुगेको हो ।

यस खेलमा इन्टर मियामीले २-० को अग्रता लिएको भएपनि पाल्मेरासले खेलमा कमब्याक गर्दै खेल बराबरी गरेको थियो ।

इन्टर मियामीका लागि ताडेओ एलेन्डे र लुइस स्वरेजले एक एक गोल गरेका थिए । त्यस्तै पाल्मेरासका लागि पाउल्निहो र माउरीसियोले एक एक गोल गरेका थिए ।

समुह ए मा पाल्मेरास ३ खेलमा ५ अंकसहित शिर्ष स्थानमा रहेर नकआउट चरणमा पुगेको छ । त्यस्तै इन्टर मियामीको पनि ३ खेलमा ५ अंक रहेको छ र दोस्रो हुदै नकआउट चरणमा पुगेको छ ।

समुह ए बाट पोर्टो र अल अहली तेस्रो र चौथो हुदै बाहिरिएका छन् । उनीहरुको ३-३ खेलमा २-२ अंक रहेको छ ।

 

Nepal life insurance