अर्घाखाँची: वडाध्यक्ष थापालाई पत्नीशोक, अन्त्येष्टिमा नगर प्रमुखसहित राजनीतिक तथा सामाजिक क्षेत्रका अगुवाहरूको उपस्थित (तस्बिर सहित)

 

-टेकराज भुसाल ।

अर्घाखाँची। अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका–२ का वडाध्यक्ष बुद्धिबहादुर थापालाई पत्नीशोक परेको छ। उनकी पत्नी पुना थापाको ६२ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो।

May be an image of 9 people, tree and textNepal life insurance

स्वर्गीय थापा अल्सर रोगबाट पीडित थिइन्। उपचारका लागि भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा भर्ना भएकी थापाको उपचारकै क्रममा सोमबार राति निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

मंगलबार स्थानीय घाटमा उनको अन्त्येष्टि गरिएको छ। अन्तिम संस्कारमा शोकसन्तप्त वडाध्यक्ष थापाको परिवारजन, आफन्त तथा छरछिमेकसँगै भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापा, उपप्रमुख बालाकृष्ण बन्जाडे, निवर्तमान नगरप्रमुख रेशम थापा, प्रमुख प्रशासकीय अधिकृत जगदीशचन्द्र नेपाली, वडा नं। १ देखि १० सम्मका वडाध्यक्षहरू, शिक्षकहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, राजनीतिक दलका जिल्ला तथा स्थानीय तहका नेताहरू उल्लेखनीय उपस्थिति रहेको थियो।

May be an image of 1 person and smilingNepal life insurance

स्वर्गीय थापाको अन्त्येष्टि पूर्व राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले जिल्ला पार्टी कार्यालयमा विशेष श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। स्वर्गीय थापाको निधनप्रति गहिरो दुःख प्रकट गर्दै पार्टीले परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै पाटीको झण्डा ओडाएको थियो।

May be an image of 5 people and text that says "Talcho 4022"

पाका श्रीमान् बुद्धिबहादुर थापा २०७४ र २०७९ सालको स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनमोर्चाको तर्फबाट भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ को वडाध्यक्षका रुपमा निर्वाचित भएका हुन्।

वडाध्यक्ष बुद्धि थापाको श्रीमतीको निधन भएपछि मङ्गलबारको लागि तय भएको भूमिकास्थान नगरपालिकाको १७ औं नगरसभा ९बजेट तथा कार्यक्रम० सार्वजनिक गर्ने बैठक समेत बुधबारको लागि सरेको नगरपालिकाले जनाएको छ ।

 

Nepal life insurance