छत्रदेव गाउँपालिकाले ५४ करोड बढीको बजेट ल्यायो (तस्बिर सहित)

 

छत्रदेव गाउँपालिकाले ५४ करोड बढीको बजेट ल्यायो

अर्घाखाँची — अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि ५४ करोड ९ लाख ५५ हजार ७० रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। मंगलबार सम्पन्न २०औं गाउँसभामा गाउँपालिका उपाध्यक्ष मनि पन्थीले बजेटको सिलिङ्ग नगरसभामा प्रस्तुत गर्नुभएको हो।

May be an image of 3 people, dais and text that says "बकोशान: चको शान: सुन्दर, शान्त, ማ "बत्रदेवको पुत्रदेवको शान: सुन्दर, शनय समूद गाउंपालिका हामा हाक छत्रदेव माउँपालिक गाउ सभाठ औ अधिवेश οε मिति: २०८२ असार बैठक सडख्या: ٩ नंगजज. अर्धासांची जय छ स्थान: छत्देव गाउंपालिका 夢日物 Arghakh anchi Arghakhanchi.com .com"Nepal life insurance

गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न सभामा ‘सानो, सुन्दर, शान्त, समृद्ध गाउँपालिका हाम्रो अभियान’ भन्ने मूल नारालाई प्राथमिकता दिँदै बजेट प्रस्तुत गरिएको प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेले जानकारी दिनुभयो।

यसपटकको बजेटमा शिक्षा क्षेत्रलाई सबैभन्दा बढी प्राथमिकता दिँदै २ करोड २८ लाख ३० हजार रुपैयाँ विनियोजन गरिएको छ। यस्तै, युवा तथा खेलकुदका लागि ४७ लाख ६५ हजार, कृषि विकासका लागि ससर्त बाहेक १ करोड १६ लाख १० हजार र पशुपन्छी विकासका लागि ४६ लाख ३५ हजार रुपैयाँ छुट्याइएको छ।

May be an image of 3 people, people studying, temple and text that says "A छत्रदेवकोशान सुन्दर शान्त, समृद्ध गाउवार अभियान घत्रदेवको शान: सुनवर शमन्तिसमत गारडपालिका हाळो छत्देव गाउँपालिका गाड समाको शसौ अधिवेशन वैठक सइुस्या: ရ मिति: २०८२ असार ०६ गते स्थान: छत्रदेव श्था.छपत्देवागाउपालिकाळेस गाउपालिकाको समा न अर्धासांची जय छत्रदेव समाध्याक्ष Arghakhanchi.com_ .com"

त्यस्तै जलस्रोत तथा सिंचाइका लागि ससर्त बाहेक ७ लाख, पर्यटन विकासका लागि ३० लाख ८५ हजार, स्वास्थ्य क्षेत्रमा संघीय ससर्त समेत ४९ लाख ९९ हजार ५ सय तथा लैङ्गिक समानता र सामाजिक समावेशीकरणका लागि ७२ लाख ५५ हजार १ सय ३६ रुपैयाँ बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ।

May be an image of 3 people and people studying

गाउँपालिकाले स्रोतसाधनको अधिकतम उपयोग गर्दै समावेशी र दिगो विकासलाई प्राथमिकता दिने बताएको छ। उक्त अधिबेशनमा छत्रदेव न्यायीक समितिको वाषिक प्रतिवेदन छत्रदेव न्यायीक समिती संयोजक गाउँपालिका उपाध्यक्ष मनि पन्थीले प्रस्तुत गर्नुभएको थियो ।

May be an image of 5 people and people studying

May be an image of 5 people, people studying and text

May be an image of 4 people, people studying, temple, dais, hospital and text that says "अभियान कारदेवकोशान: सुन्दर, शान्त, समृद गाडंपालिकाहाम्रोर अनिवाद छतदेव गारउपालिका गਤं धणाीपिग समाको २0औ मिরি: ನಂತ असार गते अधिवेशन పరివా महृखधा: स्याड मतादेपासिकाले मतादेव सन्हूल छत्बऊज अर्धासांची जय घतदेव गाऊ सभाको वालय THA た産 ース 00000 सचित"

May be an image of 2 people, dais and text

May be an image of 4 people, people studying and dais

Nepal life insurance

अन्य समाचारहरु