इन्टर मिलान र मोन्टेरी फिफा क्लब विश्वकपको नकआउट चरणमा

 

काठमाडौँ । इन्टर मिलान र मेक्सिकन क्लब मोन्टेरी जारी फिफा क्लब विश्वकपको नकआउट चरणमा पुगेका छन् ।

Nepal life insurance

समुह इ अन्तर्गतका समुह चरणका खेल सकिएपछि यस समुहबाट इन्टर मिलान समुहमा शिर्ष स्थानमा रहदै नकआउट चरणमा पुगेको हो । इन्टर मिलानको ३ खेलमा ७ अंक रहेको छ ।  त्यस्तै मोन्टेरीको ३ खेलमा ५ अंक रहेको छ र समुहमा दोस्रो हुदै नकआउट चरणमा पुगेको छ ।

अब नक आउट चरणमा इन्टर मिलानले ब्राजिलियन क्लब फ्लुमिनेन्सको सामना गर्ने छ भने मोन्टेरीले जर्मनी क्लब बोरुसिया डोर्टमण्डको सामना गर्ने छ ।

 

Nepal life insurance