काठमान्डु गोर्खाजमा करण केसीसहित ६ खेलाडी रिटेन

 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्जाइजी टिम काठमान्डु गोर्खाजले, करण केसीसहित ६ खेलाडी रिटेन गरेको छ ।

Nepal life insurance

काठमान्डु गोर्खाजले शनिबार रिटेन र रिलिज खेलाडीको सुची सार्बजनिक गरेको हो । काठमाडौँले मार्की तथा कप्तान करण, भिम सार्की, साहब आलम, दिपेश कंडेल, रासिद खान र प्रतिक श्रेष्ठलाई रिटेन गरेको छ ।

त्यस्तै काठमान्डुले सुमित महर्जन, विवेक केसी, शंकर राना, राजु रिजाल, कृष्ण कार्की र कृश कार्कीलाई रिलिज गर्ने गरेको छ ।

पहिलो संस्करणको एनपीएलमा गोर्खाज नेट रन रेटको आधारमा पछि पर्दै प्ले अफ पुग्नबाट चुकेको थियो ।

 

Nepal life insurance