“साँस्कृतिक रुपमा जोडिएको मुख्यबाली धान”

     “साँस्कृतिक रुपमा जोडिएको मुख्यबाली धान”

 -काशीराम घिमिरे।

किसानको काम कहिलेपो सकिछ र ।खेतिपाती बनपाखा घरको काम संधै उकाली ओराली ।बिहान उठेदेखी बेलुका सम्म सधैं काममै बित्नेगर्छ।पहिले पहिले यो असारमास बिहान देखि बाटोमा गोरुको लस्कर देखिन्थे ।ऐले हाते ट्याक्टर छ्न गोरु कम छ्न।

धानको नालीबेली

परम्परा फरक छ खेताला ,खेतालीहरु बाटोमा लाईन देखिन्थे ऐले बाइक चढी जाने गरिन्छ।ती उकाली ओरालिमा पात बजाउदै दाजुहरु गीतमा देखिन्थे ।तर ऐले फरक भयो ।

May be an image of 3 people

अन्यबाजा हरु भने मुरेलि बाँसुरी बजाउदै र साथमा सनईको आवाज टाढा -टाढा सम्म सुनिदैछ। गहिरी खेतको फाँटमा निकै रमाइलो देखिन्छ।असारका मिठा गितका भाकाहरु आमा दिदिबहिनी हरुले मीठो स्वरमा गाउँदैछ्न।सुरुमा बिउ देउतालाइ चढाइ पूजा गरि सुरु गरिदैछ।

Nepal life insurance

खोला वारपार देखिन्छ्न ।खेताली खेताला हलि ठिँगारे दाजुहरु आ -आफ्नै काममा तल्लिनछ्न आलि कुना बीउ मल तिर। असारको गर्मी चर्की सक्यो तिर्खा लाग्यो ।पानी पीँउदै भाइ बहिनी । मुरेलिको सुरिलो धुन र सनईकोधुन र झ्यालिको आवज सँगैआमा दिदिबहिनीका सुरिला भाका हरु सुनिराखेको छु।हर्खेदाइ गोरु हाँक्दैछन।सबै ठाउँ फाटमा निकै रमाइलो छ।किनकी यो असार महिना मानो रोपि मुरि फलाउने समय।

May be an image of 3 people

यतिबेला देशमा किसानलाई धान रोप्ने चँटारो छ।सबै किसान दाजुभाइ बेशी मेलामा देखिन्छ्न । गाउँ घरमा अरिमा परिमा नै चल्दछ ।युवा बर्ग खाडी युरोप अमेरिका तरपनी दुख शुख धानिदैछ्न ।

पर्वतमा करिब १५ प्रतिशत मात्रै धान रोपाई

नेपालमा तराइका समतलफाँटदेखी पहाडका समतल फाट बेशी र टार र उच्च हिमाली जिल्ला हरुमा यसको रोपाइँ खेती गरिदै आइएको छ।धान उत्पादनको लागि तराईका जिल्लाहरूविशेष अन्न भण्डारका रुपमा मानिन्छ्न।तरपनी पहाड र हिमाली जिल्लाहरुमा पनि स्थानीय जातका धान हरु रोपिदै आइएकोछ।

May be an image of 10 people

१९६६तिर बिस्वमा भोकमरी फैलिएको बेला संयुक्त राष्ट्रसंघले उक्त भोकमरी बाट बच्न धानलाइ मुख्य बालीमान्यो र बिस्वभर धान उत्पादनलाई विशेष रुपमा जोड दिइयो ।खाना बिना मानिसको अस्थित्व सङकटमा पर्छ त्यसैले यो बालिलाइ उपयुक्त मानियो ।हाम्रो एसिया देशमा बिस्वको लगभग ९०प्रतिसत धान उत्पादन हुनेगर्दछ ।खपत पनि त्यही अनुसार हुने गर्दछ।

 

।नेपालमा पुर्वकाल देखि नै यसको परम्परागत खेती गरिदैआएको पाइन्छ।२०३१साल सम्म नेपालमा यो सम्बन्धि उपयुक्त औजार मल बीउ आधुनिक प्रबिधि नहुँदापनि पुर्खाहरुले निकै मात्रमा धान उत्पादन गरि बेच्ने गर्दथे ।देशमा विभिन्न आठ वटा निर्यात गर्ने ठाउँ स्थापना गरि निर्यात गरिन्थ्यो ती ठाउँ हरुमा मेची कोशी सगरमाथा नारायणी जनकपुर लुम्बिनी सुदुरपश्चिम गरि चामल निर्यात केन्द्रहरु थिए र त्यतिबेला ५५हजार मेटि्रकटन चामल नेपाल बाट छिमेकी देश भारत बाङ्लादेश निर्यात गरिएको थियो ।यो कतिव सात बर्ष चलिरहेको थियो तर आठौं बर्ष आइपुग्दा एक्कासि चामल आयत गरिन थालियो ।कारण खोज्दा जनसंख्याको वृद्धि भयो र आधुनिक प्रबिधी भएन भन्ने जवाफ सुनिन्छ।

 

नेपालमा १५लाख हेक्टर धान खेती गरिन्छ।तर लगभग एक लाख हेक्टर खेतिमा धान उत्पादन बढाउनुपर्ने देखिन्छ।१६लाखमा खेती गर्दा उत्पादनले धान्न सक्छ। नेपालमा धान उत्पादनले धान्न लगभग ६४लाख मेटि्रकटन धान उत्पादन हुनुपर्छ तर गत बर्ष ५१लाख ३०हजार मेटि्रकटन उत्पादन भएको पाइन्छ।लगभग २०३९/४०सम्म धान निर्यात गर्ने र मुख्य बाली धान उत्पादन गर्ने देशमा गतबर्श मात्रै २०अर्ब ६३करोडको धान चामल आयात भएको छ ।

May be an image of 6 people

हरेक बर्ष असार पन्ध्र आयोकी सरकारी तवर बाट र विभिन्न राजनीतिक पार्टी संघ सस्थाहरु एकदिन रोपाइँको तामझाम गर्दछ्न ।बर्षमा एकदिन साहै तामझाम गर्ने र अन्यदिन चिल्लागाडिमा कुदेर बर्तमान समस्याको हल हुँदैन ।किसानका समस्या के हुन के कति कारणले यो हुन पुग्यो भनी यसको आजैका दिनमा बिस्तृत छलफल बिचार बिमर्श हुनुपर्छ र तुरुन्त यसको समाधान हुनुपर्छ होइन भने आउदो दिनमा यसको समस्या झनै बढेर जानेगर्छ।

May be an image of 10 people

नेपालमा धान उत्पादनलाई बढाउन उचित रुपमा बीउ मल कृषि औजार यन्त्र उपकरण देखि सिंचाइको सुबिधा हुनुपर्छ ।ऐले रहेको ३५ प्रतिशत सिंचाइ लाई ५५प्रतिशत मा लग्नुपर्छ।ऐले रहेको १५लाख हेक्टरको धान खेतिलाइ १६लाखमा लाग्नुपर्छ बढाउनु पर्छ ।उचित उन्नत जाताका बीउ हरु कृषि बिज्ञले छ्नौट गर्नुपर्छ।बीउ मल र औजारको समयमै ब्यबस्थाहुनुपर्छ ।परम्परागत गोरुले जोत्ने भन्दा आधुनिक यन्त्र ट्याक्टर र अन्य अत्याधुनिक प्रबिधी भित्र्याउन लाग्नुपर्छ ।

सरकारी तह्बाट एकिन तथ्यांक अनुसार काम गरि योजनाबद्ध रुपमा कसरी यसको उत्पादन बढाउने र कुन ठाउँमा कुन जातको धान रोप्ने भन्नेमा निकास निकाल्नु पर्छ।धान उत्पादन हुने अन्नबालिको ठाउँबाटकंन्किट घरहरु बनाउन रोक्नुपर्छ ।

चुस्त दुरुस्त सरकारी काम कारबाही हुनुपर्छ ।किसानलाई खेती गर्न सरकारी सहयोग अनुदान र उत्पादित बस्तुको बजारीकरणमा सहजीकरण गरि स्वदेशि उत्पादन लाई बढाइ त्यसैको खपत गरि बिदेशी धानलाई प्रतिबन्ध लगाउने स्वदेशिलाई प्रसर्य दिने सरकारी योजना हुनुपर्छ ।बर्षमा एकदिन धान दिवस नभनी बर्षभरी नै यसको चासो हुन आबस्यक देखिन्छ।जसले गर्दा देश धानमा आत्मनिर्भर भइ अर्बौ रुपैयाँ स्वदेशी पैसा बच्ने र रोजागारी बढने किसान लाभान्वित हुने देखिन्छ।

त्यसैले सबैले हाम्रो मुख्यबाली धानको उत्पादनमा विशेष जोड दिउँ ।आधुनिक कृषि प्रणाली अन्तर्गत नयाँ ,नयाँ बीउ अत्याधुनिक यन्त्र उपकरणको प्रयोग गरौँ ।धान उत्पादनमा सरकार र निजि क्षेत्र र सबै संघ सस्था किसान् एकबद्ध हौ।स्वदेशी उत्पादल लाई प्रयोग र बिदेशि उत्पादनलाई बहिष्कार गरौ।आफ्नै माटोमा रमाऔ ।आफ्नै पौरखिमा बाँच्ने गरौँ ।


काशीराम घिमिरे।

 

Nepal life insurance