सरकारी कर्मचारीका यी १२ वटा ट्रेड युनियन संगठनको दर्ता खारेज

 

काठमाडौं । सरकारले सरकारी कर्मचारीका १२ वटा ट्रेड युनियन संगठनको दर्ता खारेज गरेको छ ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले बुधबार निजामती कर्मचारीका ८ र स्वास्थ्यकर्मीका ४ वटा ट्रेड युनियनहरू खारेज गरेको जानकारी दिएको हो ।

खारेज गरिएका संगठनहरुमा नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, नेपाल मधेशी निजामती कर्मचारी मञ्च, नेपाल स्वास्थ्यकर्मी संघ, मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल, एकीकृत सरकारी कर्मचारी संगठन, स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन खारेज गरेको हो ।

त्यस्तै नेपाल स्वास्थ्यकर्मी युनियन, स्वास्थ्यकर्मी युनियन नेपाल, राष्ट्रिय स्वास्थ्यकर्मी संघ र राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठन पनि खारेज गरिएको छ ।

विभागले निजामती सेवा ऐन, २०४९ (दोस्रो संशोधन, २०६४) तथा नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ (चौथो संशोधन, २०७०) अन्तर्गत विभागमा दर्ता भई क्रियाशिल रहेका तपसिलमा उल्लेखित लगायत सम्पूर्ण राष्ट्रिय स्तरको निजामती कर्मचारीहरुको ट्रेड युनियन र राष्ट्रिय स्तरको स्वास्थ्य सेवाका कर्मचारीहरुको ट्रेड युनियन संवत् २०८३ सालको अध्यादेश नम्बर  ०७ केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशको आधारमा यस विभागको पञ्जिकाधिकारीको बैशाख २३ गतेको निर्णयबाट खारेज भएको सूचनामार्फत जानकारी दिएको छ ।

 

Nepal life insuranceimagesimagesimages