



काठमाडौँ । इरानका विदेशमन्त्री अब्बास अराघचीले इरानले युरेनियम समृद्धिलाई निरन्तरता दिने बताएका छन् ।
सीबीएस न्यूजसँग कुरा गर्दै विदेशमन्त्री अराघचीले इरानले युरेनियम समृद्धिलाई निरन्तरता दिने बताउदै इरानको आणविक हतियार बनाउने कुनै मनसाय नरहेको स्पष्ट गरेका छन् ।

इजरायल र इरान बीचको १२ दिने द्वन्द्व अघि र पछि अमेरिकाले इरानको युरेनियम समृद्धिको विरोध गरेको बताएको छ । अमेरिकाले धेरै पटक इरानले आफ्नो आणविक कार्यक्रम समाप्त गर्नुपर्ने बताउदै आएको छ ।

अराघचीले भने- ‘हाम्रा वैज्ञानिकहरूले युरेनियम समृद्धिको लागि कडा परिश्रम गरेका छन् । हाम्रा जनताले विगत २० वर्षमा संवर्धनका कारण कडा प्रतिबन्धहरूको सामना गर्नु परेको छ । हामीले यसको लागि लडेका छौं । महत्त्वपूर्ण कुरा हामीले १२ दिनसम्म कडा संघर्ष गरेका छौं । त्यसैले यो होइन कि कसैले यसलाई (युरेनियम समृद्धि कार्यक्रम) छोड्न सक्छ । यो राष्ट्रिय सम्मान र गौरव हो । यसलाई निश्चित रूपमा सुरक्षित गरिनेछ ।’

अराघचीले अमेरिकी आक्रमणका कारण फोर्डो आणविक स्थलमा ठूलो क्षति भएको स्वीकार गरेका छन् । उनले भने- ‘अहिले कसैले पनि फोर्डोमा के भएको छ भनेर भन्न सक्दैन । जहाँसम्म मलाई थाहा छ क्षति ठूलो र गम्भीर छ ।’



