नेपाली फुटबल खेलाडीहरु ब्यवसायीक बन्दै, पूर्व राष्ट्रिय फुटबल कप्तान राकेश श्रेष्ठलाई उपहार स्वरुप अपार्टमेन्ट

नेपाली फुटबल जति फस्टाउन खोज्दैछ त्यति नै मात्रामा खेलाडीहरु पनि ब्यवसायीक बन्दै गएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाले खेलाडीहरुलाई कदर गर्दै हौसाउने कामलाई निरन्तरता दिंदै आएको छ ।

 

खेलेर पनि शानका साथ घुम्न सकिन्छ भनी यसअघि उपेन्द्रमान सिंह र हरि खड्कालाई कार उपहार दिएको एन्फाले आज भने पूर्व राष्ट्रिय कप्तान राकेश श्रेष्ठलाई बासका लागि अपार्टमेन्ट नै दिंदैछ । दिउँसो एन्फा कम्प्लेक्समा हुने कार्यक्रममा एकीकृत माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राकेशलाई पुरस्कृत गर्दै हुनुहुन्छ । १६ वर्ष नेपाली खेलकुदमा समय खर्चिएका ३४ वर्षीय राकेशले नेपाल पुलिसका लागि ३ सहिद स्मारक ए डिभिजन लिगसहित मूख्य प्रतियोगिताका ३० उपाधि जितेका छन् ।

 

 बैंकक एसियाडमा सन् १९९८ मा जापान विरुद्ध डेब्यु गरेका राकेशले सन् १९९९ मा काठमाडौंमा भएको दक्षिण एसियाली खेलकुदमा जितेको रजत पदकलाई महत्वपूर्ण ठानेका छन् ।