




-दिनेश गैरे, पाणिनि अर्घाखाँची।
अर्घाखाँची – जिल्लाको पाणिनि गाउँ पालिका वडा नं ५ मैदान मा रहेको श्री कृष्ण माध्यमिक विधालय मा प्रथम त्रैमासिक परीक्षा को परिक्षा फल सार्वजनिक तथा SEE 2081 मा उत्रिण हुने बिधार्थी लाई सम्मान एवम नतिजा विश्लेषण कार्यक्रम सम्पन्न भएको छ ।


SEE मा उक्त बिधालय बाट नियमित तर्फ २४ जना बिधार्थी सहभागी भएको मा एश्वर्या गैरे को 3.50 GPA सहित १८ जना बिधार्थी पास भएका थिए । ६ जना ग्रेड वृद्धि गर्नु पर्ने भएका छन । उत्रिण बिधार्थी एवम अभिभावक लाई उक्त कार्यक्रम मा सम्मान पत्र सहित सम्मान गरिएको थियो ।
बिधालय ब्यवस्थापन समिति अध्यक्ष यादब प्रसाद घिमिरे को अध्यक्षता रहेको उक्त कार्यक्रम को प्रमुख अतिथि को रूपमा जिल्ला समन्वय समिति प्रमुख जिव नारायण कोईराला , विशिष्ट अतिथि को रूपमा मैदान वडाध्यक्ष ईन्द्रमणी घिमिरे , जिवलाल घिमिरे रहनु भएको थियो ।

कार्यक्रम मा बोल्दै समन्वय प्रमुख जिवनारायण कोईराला ले शिक्षक, बिधार्थी र अभिभावक मिलेर मात्रै शैक्षिक गुणस्तर सुधार्न सकिने भन्दै आगामी दिन मा विधालय ले अझै उत्कृष्ट नतिजा ल्याउन सकोस भन्ने शुभकामना दिनु भएको थियो । उक्त कार्यक्रम को अवसर पारेर नव नियुक्त शिक्षक शंकर थापा लाई स्वागत समेत गरिएको थियो ।
उक्त कार्यक्रम मा कृष्ण माध्यमिक विधालय का प्रधानध्यापक भक्त बहादुर रेस्मी , शिक्षक , बिधार्थी , अभिभावक को उपस्थिती रहेको थियोे भने, उक्त कार्यक्रम शिक्षक हरि प्रसाद घिमिरे को संचालनमा सम्पन्न भएको थियो ।



