– शिबलाल सुबेदी
गुल्मी भदौ ३ । गुल्मेली खेलप्रेमीहरुको चासोको प्रतियोगीता राष्ट्रपतिकप रनिङ्गशिल असोजको पहिलो साता हुनजे भएको छ ।
जिल्ला खेलकुद विकास समितीका अध्यक्ष गोबिन्द्र बहादुर बिकको अध्यक्षतामा शुक्रबार बिहान बसेको बैठकले आगामि असोज ३४ र ५ गते प्रतियोगीता हुने हुने निर्णय गरेको हो । बैठकमा प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपाल स्थानीय विकास अधिकारी हिरालाल रेग्मी कालिदत्त गुल्मका सह सेनानी अजित राणा जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी नायव उपरिक्षक राज कुमार बैदवार जिल्ला शिक्षा कार्यलयका उप सचिव थानेश्वर घिमीरे लगायत जिल्ला खेलकुद विकास समितीका सम्पुर्ण पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
साथै बैठकले प्रतियोगीतालाई ब्यवस्थित र मर्यादित बनाउनका लागि बिभिन्न सघं सस्था जिल्लाका राजनितीक दल सरकारी कार्यलयहरुको सहभागीता गराई ब्यापक छलफल तथा तयारी समेत गर्ने निर्णय गरेको छ । कार्यक्रक खेलकुद विकास समितीका सचिव सतेन्द्र बस्नेतको साचालनमा सम्पन्न भएको थियो ।