रुसको कीभमा ५३९ ड्रोन र ११ मिसाइल प्रहार

images

 

काठमाडौँ । रुसले युक्रेनको राजधानी कीभमा भिषण आक्रमण गरेको छ । रुसको ड्रोन र मिसाइलका कारण एक जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।

Nepal life insurance

युक्रेनले शुक्रबार रुसले कीभमा ५३९ ड्रोन र ११ मिसाइल प्रहार गरेको बताएको छ । राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको वार्तापछि रुसले युक्रेनमा ड्रोन र मिसाइल प्रहार गरेको छ । पुटिनसँगको वार्तापछि ट्रम्पले पुटिन युक्रेनसँगको युद्ध अन्त्य गर्न नचाहेकोमा आफू निराश भएको बताएका थिए । साथै, रुसले आफ्नो लक्ष्य प्राप्त नभएसम्म युक्रेनसँगको युद्ध जारी रहने बताएको छ ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसको आक्रमणको निन्दा गरेका छन्। उनले रुसले फेरि एक पटक युद्ध अन्त्य गर्न नचाहेको देखाएको बताएका छन् ।

जेलेन्स्कीले युक्रेनका सहयोगीहरू, विशेष गरी अमेरिकालाई रुसमाथि थप प्रतिबन्ध लगाउन अपील गरेका छन् ।

 

Nepal life insurance