वेस्ट इन्डिजविरुद्ध अस्ट्रेलियाको लगातार दोस्रो जित

images

 

काठमाडौँ । अस्ट्रेलियाले वेस्ट इन्डिजविरुद्धको टेस्ट सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ । जारी दोस्रो टेस्टको चौथो दिन अस्ट्रेलियाले वेस्ट इन्डिजलाई १३३ रनले पराजित गरेको हो ।

अस्ट्रेलियाले दिएको २७७ रनको लक्ष्य पछाएको वेस्ट इन्डिज दोस्रो इनिंगमा १४३ रन बनाएर अल आउट भएको थियो ।

Nepal life insurance

यस अघि अस्ट्रेलियाले आफ्नो दोस्रो इनिंगमा २४३ रन बनाएको थियो । त्यस्तै पहिलो इनिंगमा अस्ट्रेलियाले २८६ रन बनाएको थियो भने वेस्ट इन्डिजले २५३ रन बनएको थियो । यो जितपछि अस्ट्रेलिया ३ खेलको सिरिजमा २-० ले अगाडी भएको छ र एक खेल अघि नै सिरिज जितेको छ । अब सिरिजको तेस्रो खेल आगामी आइतबारदेखि शुरु हुने छ ।

 

Nepal life insurance