अस्ट्रेलियामा सासू-ससुरालाई विषाक्त च्याउ खुवाएर मारेको आरोपमा एक महिला दोषी ठहर

images

काठमाडौँ । अष्ट्रेलियामा एक महिलालाई आफ्ना सासू, ससुरा र सासूकी बहिनीलाई विषाक्त च्याउ खुवाएर हत्या गरेको आरोपमा दोषी ठहर गरिएको छ ।

मिडिया रिपोर्टका अनुसार, अभियुक्त एरिन प्याटरसनले २९ जुलाई २०२३ मा आफ्नी सासू गेल प्याटरसन, ससुरा डोनाल्ड प्याटरसन र सासूकी बहिनी हेदर विल्किन्सन र हेदरका पति इयान विल्किन्सनलाई खानाको लागि निम्तो दिएकी थिइन् ।

एरिनले आफ्ना अलग्गिएका पति साइमन प्याटरसनलाई पनि निम्तो दिएकी थिइन्, तर उनले आउन अस्वीकार गरे । खाना खाएपछि केही घण्टापछि, चारै जना पाहुना बिरामी परे र अस्पतालमा भर्ना भए । यी मध्ये, गेल (७० वर्ष), डोनाल्ड (७० वर्ष) र हेदर (६६ वर्ष) को मृत्यु भयो, जबकि इयान बाँचे ।

अनुसन्धानले खानामा विषाक्त डेथ क्याप च्याउ भेटिएको पत्ता लगायो । प्रहरीले नोभेम्बर २०२३ मा एरिनलाई पक्राउ गरेको थियो ।

Nepal life insurance

अस्ट्रेलियाको अदालतमा २० महिनासम्म चलेको यो मुद्दामा पीडितले एरिनले खानामा जानाजानी डेथ क्याप च्याउ मिसाएको दाबी गरिएको थियो । सरकारी वकिलले एरिन र साइमन अलग्गिएका थिए, तर उनीहरू बीचको सम्बन्ध खराब थिएन । साथै, एरिनका वकिलहरूले भने यो दुर्घटना भएको दाबि गरेका थिए । उनीहरूले एरिनले खानाको स्वाद बढाउन च्याउ थपेको तर उनलाई ति च्याउ विषाक्त भएको थाहा नभएको दाबी गरेका थिए । एरिनका वकिलहरूले अदालतमा एरिन आफैंले पनि त्यही खाना खाएको र बिरामी परेकी बताएका थिए ।

तर प्रहरीले अनुसन्धानका क्रममा एरिनसँग लिएको बयानमा झुटो बोलेकी थिइन् । घटनाबाट बाँचेका इयान विल्किन्सनले खाजाको दिन प्याटरसनले उनलाई र बाँकी पाहुनाहरूलाई आफ्नो भान्छामा प्रवेश गर्न नदिएको बयान दिएका थिए ।

१० हप्तासम्म चलेको मुद्दामा, एरिन प्याटरसनलाई तीन हत्या (गेल, डोनाल्ड र हेदर) र इयान विल्किन्सनमाथि आक्रमणको दोषी ठहराइएको थियो । उनलाई चाँडै अदालतमा सजाय सुनाइनेछ । अष्ट्रेलियाली कानून अन्तर्गत, एरिनलाई आजीवन कारावासको सजाय हुन सक्ने बताइएको छ ।काठमाडौँ । अष्ट्रेलियामा एक महिलालाई आफ्ना सासू, ससुरा र सासूकी बहिनीलाई विषाक्त च्याउ खुवाएर हत्या गरेको आरोपमा दोषी ठहर गरिएको छ ।

मिडिया रिपोर्टका अनुसार, अभियुक्त एरिन प्याटरसनले २९ जुलाई २०२३ मा आफ्नी सासू गेल प्याटरसन, ससुरा डोनाल्ड प्याटरसन र सासूकी बहिनी हेदर विल्किन्सन र हेदरका पति इयान विल्किन्सनलाई खानाको लागि निम्तो दिएकी थिइन् ।

एरिनले आफ्ना अलग्गिएका पति साइमन प्याटरसनलाई पनि निम्तो दिएकी थिइन्, तर उनले आउन अस्वीकार गरे । खाना खाएपछि केही घण्टापछि, चारै जना पाहुना बिरामी परे र अस्पतालमा भर्ना भए । यी मध्ये, गेल (७० वर्ष), डोनाल्ड (७० वर्ष) र हेदर (६६ वर्ष) को मृत्यु भयो, जबकि इयान बाँचे ।

अनुसन्धानले खानामा विषाक्त डेथ क्याप च्याउ भेटिएको पत्ता लगायो । प्रहरीले नोभेम्बर २०२३ मा एरिनलाई पक्राउ गरेको थियो ।

अस्ट्रेलियाको अदालतमा २० महिनासम्म चलेको यो मुद्दामा पीडितले एरिनले खानामा जानाजानी डेथ क्याप च्याउ मिसाएको दाबी गरिएको थियो । सरकारी वकिलले एरिन र साइमन अलग्गिएका थिए, तर उनीहरू बीचको सम्बन्ध खराब थिएन । साथै, एरिनका वकिलहरूले भने यो दुर्घटना भएको दाबि गरेका थिए । उनीहरूले एरिनले खानाको स्वाद बढाउन च्याउ थपेको तर उनलाई ति च्याउ विषाक्त भएको थाहा नभएको दाबी गरेका थिए । एरिनका वकिलहरूले अदालतमा एरिन आफैंले पनि त्यही खाना खाएको र बिरामी परेकी बताएका थिए ।

तर प्रहरीले अनुसन्धानका क्रममा एरिनसँग लिएको बयानमा झुटो बोलेकी थिइन् । घटनाबाट बाँचेका इयान विल्किन्सनले खाजाको दिन प्याटरसनले उनलाई र बाँकी पाहुनाहरूलाई आफ्नो भान्छामा प्रवेश गर्न नदिएको बयान दिएका थिए ।

१० हप्तासम्म चलेको मुद्दामा, एरिन प्याटरसनलाई तीन हत्या (गेल, डोनाल्ड र हेदर) र इयान विल्किन्सनमाथि आक्रमणको दोषी ठहराइएको थियो । उनलाई चाँडै अदालतमा सजाय सुनाइनेछ । अष्ट्रेलियाली कानून अन्तर्गत, एरिनलाई आजीवन कारावासको सजाय हुन सक्ने बताइएको छ ।

Nepal life insurance