मितेरी पुल बगाएपछि चीनसँगको सम्पर्क टुट्यो, बाढीले नाका अस्तव्यस्त

images

 

रसुवा । बर्षाका कारण भोटेकोशी नदीमा आएको बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएपछि चीनसँगको सम्पर्क टुटेको छ ।

गएराती करिब ३: १५ बजे रसुवाको गोसाईकुण्ड गाउँपालिका रसुवागढीस्थित नेपाल-चीन जोड्ने मितेरीपुल बगाएको हो ।

Nepal life insurance

त्यसैगरी, टिमुरेस्थित सुख्खा बन्दरगाहमा पसेको बाढीले मालबाहक कन्टेनरसहित भन्सारमा राखिएका धेरै समान बगाएको भन्सार कार्यालयले जनाएको छ । अहिले रसुवा नाका अस्तव्यस्त रहेको छ । बाढीले कति क्षति भयो भन्ने यकिन गर्न अहिले मुश्किल रहेको प्रहरीले जनाएको छ ।

हालसम्म कुनै मानवीय क्षति भएको खबर प्राप्त भएको छैन।

प्रशासनले सतर्कता अपनाउन आग्रह गर्दै भनेको छ- राती चीनबाट रसुवागढी नाका भई बग्ने भोटेकोशी नदीमा ठूलो मात्रामा बाढी आई नदीको सतह बढ्न गएकाले प्रभावित क्षेत्रमा बसोबास गर्ने सम्पूर्णमा आवश्यक सजगताका लागि अनुरोध गरिन्छ । साथै, उद्धार  कार्यमा स्थानीय प्रशासन तदारुकताका साथ कृयाशील रहेको समेत जानकारी गराईन्छ ।

 

Nepal life insurance