युएनएचआरसीद्वारा मानव अधिकारको उपभोगमा विकासको योगदान शिर्षकको प्रश्ताव पारित

images

 

काठमाडौँ । संयुक्त राष्ट्र मानव अधिकार परिषद् (युएनएचआरसी) को ५९ औं सत्रले मंगलवार सबै मानव अधिकारको उपभोगमा विकासको योगदान शिर्षकको प्रश्ताव सर्वसम्मतिले पारित गरेको छ । चीनले २०१७ मा प्रश्ताव शुरु गरेपछि यो पहिलो पटक मतदान बिना सहमतिबाट पारित गरिएको छ ।

Nepal life insurance

जेनेभास्थित संयुक्त राष्ट्र संघको कार्यालय र स्विट्जरल्याण्डका अन्य अन्तर्राष्ट्रिय संस्थाहरूका लागि चीनका स्थायी प्रतिनिधि चेन सुले यो प्रश्तावले सबै मानव अधिकारको उपभोग सुनिश्चित गर्न विकासको महत्वपूर्ण भुमिकालाई पुनः पुष्टि गरेको बताउनु भयो । राम्रो जीवनको लागि बढ्दो आकांक्षाहरू पूरा गर्न र मानव अधिकारको पूर्ण प्राप्तिलाई अगाडि बढाउन जनता–केन्द्रित उच्च–गुणस्तरको विकासको महत्वलाई प्रकाश पार्ने बताउनु भयो ।

यो प्रश्तावले धेरै विकासशील देशहरूको साझा आकांक्षालाई प्रतिबिम्बित गर्दछ । यसलाई क्यामरुन र पाकिस्तानसहित ४० भन्दा बढी राष्ट्रहरूले संयुक्त रूपमा प्रायोजित गरेका थिए । क्युबा, बोलिभिया, इथियोपिया र केन्या जस्ता देशका प्रतिनिधिहरूले दृढ समर्थन व्यक्त गरेका छन् । यो प्रश्तावले मानव अधिकारको प्रवद्र्धनमा विकासको भुमिकाको बारेमा विश्वव्यापी जागरूकता बढाउन र दिगो विकासमार्फत मानव अधिकार संरक्षणको कारणलाई अगाडि बढाउन मद्दत गर्नेछ ।

 

Nepal life insurance