उत्तरपूर्वी स्पेनमा डढेलोः १८ हजार मानिस घरमै थुनिए

images

 

काठमाडौँ । जंगलको आगो नियन्त्रण बाहिर जाँदा उत्तरपूर्वी स्पेनका नौ नगरपालिकाहरूमा लगभग १८ हजार मानिसहरू आफ्नो घरहरूमा सिमित छन् ।

क्याटालोनियाको तारागोना नजिकै ३ हजार हेक्टरभन्दा बढी जंगल जलेर नष्ट भएको आगोसँग सयौं अग्निनियन्त्रकहरू र स्पेनको आपतकालीन सैन्य इकाईका सदस्यहरू लडिरहेका छन् । आगलागीको कारण अझै स्पष्ट भएको छैन ।

क्यालिफोनिया डढेलोः ६ हजार जनालाई सुरक्षित क्षेत्रमा लगियो - Nepal's News Portal

पहाडी भूभागमा अग्निनियन्त्रकहरूले कठिन परिस्थितिको सामना गरिरहेका छन् । तापक्रम लगभग ३५ डिग्री सेन्टिग्रेड पुगेको छ । प्रतिघण्टा ९० किलोमिटरभन्दा बढीको गतिमा हावा चलेको छ ।

 

Nepal life insurance